शनिबार, वैशाख ८ गते २०८१    
images
images

नेपालमा भेटियो जंगली धानको नयाँ प्रजाति

नयाँसहित पाँच प्रजाति भएपनि धानको मौलिक बीउ विकासमा भएन प्रगति  

images
images
नेपालमा भेटियो जंगली धानको नयाँ प्रजाति

नयाँ भेटिएको ओरिजा माइन्युटा पनि लोपोन्मुख भएको जोशीको भनाइ छ। अहिले नयाँ प्राजाति भेटिएपछि अब थप नयाँको खोजी तथा पूरानको संरक्षणका लागि मिसन सञ्चालन गर्ने तयारी भएको जोशीले जानकारी दिए। 

images
images

काठमाडौं- नेपाली कृषि वैज्ञानिकहरूले धानको नयाँ प्रजाति फेला पारेको दाबी गरेका छन्। कृषि अनुसन्धान परिषद अन्तर्गतको राष्ट्रिय आनुवांशिक स्रोत केन्द्र(जिन बैंक)का वैज्ञानिकहरूले कैलालीमा नयाँ प्रजाित भेटिएको दाबी गरेका हुन्। 

images
images
images

मौलिक, दीगो र अनुकूलित खेती प्रणालीका लागि बीउ विकासमा सहयोगी हुनसक्ने यस्तो नयाँ प्रजाति फेला पारिएको जिन बैंकका प्रमुख तथा वरिष्ठ कृषि वैज्ञानिक बालकृष्ण जोशीले जानकारी दिए। 

images

जीन बैंकका प्रमुख जोशीसहितको समूहले स्थलगत अवलोकनको क्रममा कैलालीको जोखर ताल नजिकै नयाँ प्रजातिको जंगली धानको प्रजाति फेला पारेका हुन्। 

images

नेपालमा यसअघि नै पहिचान भएका जंगली धानका प्रजाति धेरै पाइने ठाउँको अवलोकन तथा पहिचान भएका प्रजातिको अहिलेको अवस्थाको बारेमा अवलोकनमा जाँदा नयाँ प्रजाति फेला परेको हो। 

images
images

उक्त क्षेत्रमा विशेषगरि जंगली धानका २ प्रजाति उल्लेख्य पाइन्थ्यो पहिले। पछिल्लो समयको सहरीकरण तथा भौतिक विकासले  त्यस्ता प्रजातिको अस्तित्वमा के कस्तो असर गरेको छ भनेर अवलोकनमा जाँदा नयाँ प्रजाति भेटिएको जोशीले जानकारी दिए। 

‘अवलोकनका क्रममा पहिले नै पहिचान भएका प्राजति लगभग लोप भइसकेका रहेछन्। कतै केही पनि नभेटिएपछि जोखर तालकै बाहिरपट्टी एकै ठाउँमा नयाँ खालको प्राजतिसँगै देखियो’ उनले भने। 

plant.png
नयाँ प्रजातिको जंगली धान

नयाँ भेटिएको प्रजाति ओरिजा माइन्युटा भएको जोशीको दाबी छ। यो नेपालमा यसअघि उल्लेख तथा पहिचान नभएको प्रजाति हो। यद्यपि यसको अन्तिम जविक प्रमाणीकरणको काम भने बाँकी छ। 

अहिलेसम्मको अवलोकत तथा परीक्षणबाट नयाँ प्रजाति भएको आफूहरूले पाएको तर अझै यसको परीक्षणको काम बाँकी रहेको उनले जानकारी दिए। 

‘यसको फल,हाँगा, राइजुमा, फूल सबै ल्याएका छौं। अब यसको ‘ट्याक्सोनोमिस्ट’हरूले परीक्षण गर्छन्। त्यस बाहेक यसको आनुवांशिक तुलनाको काम हाम्रै प्रयोगशालामा हुन्छ’ जोशीले भने। 

सन् २००० सुरू भएपछि पहिलोपटक जंगली धानको नयाँ प्राजति फेला परेको जोशीको दाबी छ। नेपालमा यसै पनि मिसन बनाएर खोजबिन नहुने तर सन् २००० अघिका केही अध्ययनबाट नेपालमा चारवटा जंगली धानका प्रजाति पहिचान भएका छन्। 

नेपालमा यसअघि पहिचान भएका ओरिजा निभारा, ओरिजा रुखीपोगन  ओरिजा ओफिसिनालिसिस र ओरिजा ग्रानुलाटा हुन्। ओरिजा मान्युटा भने पहिलोपटक पहिचान भएको हो। 

seeds.png
धानको फल

नेपालमा अहिले भेटिएको नयाँ प्रजातिसहित पाँच  पुगेका छन्। 

थप एउटा जंगली धानको प्रजाति भेटिनु कृषि विज्ञान तथा नेपालको विविधताका कोणबाट ठूलो उपलब्धी भएको जोशीको भनाइ छ। 

खेतीपाती गर्ने धानका दुईवटा प्रजातिमात्र संसारमा छन्। यी प्रजातिका विभिन्न जात विकास गरेर धानको खेती हुँदै आएको छ। नेपालसहितका एसियाली क्षेत्रमा ओरिजा सेटिभा प्रजातिको धानको खेती हुन्छ।

खेतीका लागि प्रचलनमा आएको प्रजाति पनि जंगली धानबाटै विकास गरिएको वैज्ञानिहरूको दाबी छ। तर जंगली धानका जति धेरै प्राजति उति धेरै धान उत्पादन तथा विकासका लागि सम्भावनाको उजागर गर्ने जोशीको भनाइ छ। 

‘नेपालमै पाँच प्रजातिका जंगली धान भेटिनु भनेको नेपाल धान उत्पत्तिको केन्द्र हो भन्ने बुझिन्छ। हाम्रो नेपालको भूभाग धान उत्पत्तिका कोणबाट महत्वपूर्ण छ’ उनले भने। 

उत्पत्तिको केन्द्र भनेर ऐतिहासिक अध्ययन तथा वैज्ञानिक पुष्टि भने कतै छैन। तर पनि यस्ता प्रजाति धेरै भएपछि नेपालका लागि लाभ लिनसक्ने अवसर प्रकृतिले नै दिएको भने बुझ्न सकिन्छ। 

pic-3.jpg
जिन बैंकमा संकलित धानका प्रजातिहरू

यस्ता जंगली धानका प्रजातिको मुख्य फाइदा भनेकै जंगलमा हुर्किरहेका प्रजाति भएपछि त्यस्ता धानसँग बदलिँदो जलवायुसँग जुध्दै हुर्किने क्षमताको विकास भएको हुन्छ। प्राकृतिक रुपमै त्यस्ता प्रजातिले प्रतिरोधी क्षमता विकास गरेका हुन्छन्। यस्तो क्षमता हामीले खेतीपाति गरिरहेका धानका जातमा हुँदैन। 

‘त्यस्तो प्रतिरोधी क्षमतालाई हामीले उत्पादन गरिरहेको धानको जातमा क्रस गरेर नयाँ बीउको विकास गर्न सक्छौं। जसले गर्दा हाम्रो कृषि दिगो र भरपर्दो हुन्छ र उत्पादन पनि धेरै हुन्छ’ जोशी भन्छन्। 

प्राकृतिक अनुकूलनका साथै यस्ता जंगली धानका प्राजतिमा स्वाद तथा पौष्टिक तत्व पनि विशेष हुनसक्छ। त्यस्ता तत्वको पहिचान गरेर घरेलु जातका धानमा क्रस गर्न सकिने उनको भनाइ छ। 

तर यो सब गर्नका लागि वैज्ञानिक अनुसन्धान हुनुपर्छ। पहिचान भएकै जंगली धानकै अनुसन्धान गर्नुप्छ। विभिन्न तहका वैज्ञानिक परीक्षणपछि पहिचान भएका गुणलाई सार्न सकिने वा नसकिने र सारेमा त्यसको प्रभाव र लाभ जस्ता विषय सबै कुरा वैज्ञानिक रुपमा पुष्टि हुनुपर्छ। 

map.png
नयाँ प्रजाति भेटिएको ठाउँको नक्सा

यही परम्पराको अभाव नेपालमा रहेको छ। कृषि अनुसन्धान परिषद, कृषि विश्वविद्यालय तथा अरु वैज्ञानिक अनुसन्धानका लागि काम गर्ने संस्थाहरू भएपनि अनुसन्धान भने भएको छैन। यही अनुसन्धान नहुँदा विदेशमा विकसित भएका धानका बीउ ल्याउने तर आफ्नै प्रकृतिमा रहेका प्रजाति त्तत्तिकै थन्किने अवस्था रहेको छ। 

‘अनुसन्धानको प्रक्रिया लामो हुन्छ तर मौलिक तथा विशेष लाभका लागि त्यही मात्र एउटा बाटो हो। यो कुरा नीति निर्मातालाई नै चासो छैन। त्यही कारणले गर्दा धान मात्र होइन हाम्रा कयौं रैथाने बाली लोप भएर गइसके’ जोशी भन्छन्। 

कुनै पनि बीउको विकासका लागि विभिन्न जातका बीउको तुलनात्मक अनुसन्धानबाट पत्ता लागेका विशेष गुणहरूको समीश्रण गरिन्छ। अझ बढी उत्पादनशील, बदलिँदो वातावरणसँग अनुकूलन हुनसक्ने क्षमताको विकास गर्नका लागि यस्तो अनुसन्धान गरिन्छ। 

तर नेपालमा भने यसको ठिक उल्टो भइरहेको छ। नेपालकै रैथाने तथा प्राकृतिक बीउ तथा जातलाई आधार बनाएर तिनको विकास गर्नुभन्दा विदेशमा विकसित भएका जात ल्याएर केही वर्ष परीक्षण गरेर सिफारिस गर्ने गरिएको छ। 

जंगली धान खोजी तथा संरक्षणमा बल्ल योजना बन्दै 

नेपालमा जंगली धानका प्रजातिका बारेमा कुनै समय अन्तर्राष्ट्रिय सम्मेलन पनि भएको थियो। सन् २००२/३ तिर यस्तो सम्मेलन भएको थियो। तर त्यसपछि न सरकार न अन्तर्राष्ट्रिय समुदाय कसैल पनि चासो दिएनन्। 

सबैतिरको बेवास्ताका कारणले गर्दा पहिचान भएकै जंगली धान लोप हुने खतरामा पुगेका छन्। यसअघि पहिचान भएका चारवटै प्रजाति लोपोन्मुख भइसकेका छन्। पहिले धान पाइने ठाउँमा अहिले घर बनेको,  बनजंगल क्षेत्रमै पनि भएको वातावरणीय परिवर्तनले लोप भएको हुनसक्ने जोशीको भनाइ छ। 

नयाँ भेटिएको ओरिजा माइन्युटा पनि लोपोन्मुख भएको जोशीको भनाइ छ। अहिले नयाँ प्राजाति भेटिएपछि अब थप नयाँको खोजी तथा पूरानको संरक्षणका लागि मिसन सञ्चालन गर्ने तयारी भएको जोशीले जानकारी दिए। 

यो वर्ष सरकारले जैविक विविधिता वर्षका रुपमा मनाउने घोषणा गरेको छ। आजदेखि साता दिनसम्म विभिन्न कार्यक्रम गरि जैविक विविधता वर्ष मनाइँदै छ। अर्को वर्ष जंगली धानको खोजी तथा संरक्षणको अभियान चलाउनका लागि तयारी भइरहेको उनको भनाइ छ। 

‘स्थानीयस्तरमा रहेका कृषि कार्यालय, धान अनुनसन्धान केन्द्र, राष्ट्रिय निकुञ्ज लगायतका संस्थासँगको सहकार्यमा संरक्षण तथा खोजीको अभियान चलाउँदैछौं। त्यस्तै पहिचान भएका प्रजातिको पनि थप अध्ययन हुनेछ’ जोशीले भने। 

धान बाहेक अरु सबै बाली तथा पशुपंक्षी सबैको रैथाने प्राजातिको खोजी संरक्षण तथा विकासका लागि आफूहरूले सकेको काम गरिरहेको जोशीको भनाइ छ। स्रोत साधन तथा क्षमता विस्तार भएमा यसको परिणाम पनि देशले लाभ लिनेगरि आउने उनले बताए। 

images

प्रकाशित : आइतबार, माघ १ २०७९०२:५३

प्रतिक्रिया दिनुहोस