बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

दसैँपछि लाभांश बुक गर्ने मुडमा लगानीकर्ता, ब्याजदर घट्ने संकेतले सकारात्मक लयमा सेयर बजार

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक १ २०७८
images
images
दसैँपछि लाभांश बुक गर्ने मुडमा लगानीकर्ता, ब्याजदर घट्ने संकेतले सकारात्मक लयमा सेयर बजार

सेयर बजारमा छोटो समयमै ठूलो करेक्सन आइसकेको छ । सबल वित्तीय सूचक भएका कम्पनीहरुको भाउ तुलनात्मकरुपमा निकै सस्तो भयो। जसले गर्दा लगानीकर्ता आकर्षित गर्ने अपेक्षा गरिएको छ।  

images
images

काठमाडौं- दसैँअघि सेयर बजार लगातार घट्याे। बैंकको ब्याजदर देखि चाडवाडकाे दबावकाे साथै राष्ट्र बैंककाे माैद्रिक नीतिकाे असरसमेत सेयर बजारमा परेकाे थियाे।बजार घट्दा सानादेखि ठूला लगानीकर्ताले अर्बौं रुपैयाँ गुमाए। 

images
images
images

बजार जुन अवस्थामा पुगेर बन्द भएको थियो,त्यो अबस्थामा सेयर बजारको  ओरालो यात्रा हेर्न सक्ने सामर्थ्य लगानीकर्ताहरुलाइ छैन। 

images
images

सानादेखि ठुला लगानीकर्ताहरुको मनोबिज्ञानले पनि दसैँपछि बजारको अवस्था सुधारिन्छ र लय समात्ने अपेक्षा थियो।आइतबार दसैँपछि खुलेको सेयर बजारको आइतबार कारोबारबारले केहि संकेत देखाएको छ। 

images
images
images

आइतबारको बजारमा नाफा बुक गर्ने होड चल्दा सेयर खरिद बिक्रि १अर्ब ५० करोडमा सिमित हुन पुग्यो। आइतबारको सेयर बजारलाइ धेरै लगानीकर्ताहरुले सुधारको संकेत ट्रायलको रुपमा लिएका छन्। 

'आइतबारको बजार वास्तबमा ट्रायल हो,बजार कतिसम्म घट्न सक्यो अब कति सम्म माथि जान सक्छ त्यो हेर्न जरुरी छ ।आइतबार बजारलाई लगानीकर्ताले वाचको रुपमा लिएका छन्' एक लगानीकर्ताले भने। 

कात्तिक लागेसँगै बजारले विस्तारै गति लिँदै अघि बढ्ने अपेक्षा गरिएको छ । वाणिज्य बैंकहरुले ब्याजदर घटाउने संकेत गरेका छन् । सानिमा,हिमालय, एनआइसी र नेपाल बंगलादेश बैंकहरुले ब्याजदर घटाउन सुरु गरेका छन्। 

ब्याजदर घट्नु अर्थतन्त्र र सेयर बजार दुबैका लागि सुखद अवस्था हो। ब्याज नबढ्नु वा घटनु बजारका लागि स्लाइन पानी हुन सक्ने सेयर बजार विश्लेषक रबिन्द्र भट्टराई बताउछन् । 

घट्दो ब्याजरको सकारात्मक प्रभाव सेयर बजारमा पर्ने विश्लेषण हुन थालेको छ । यसअघि ब्याजदर बढेपछि सेयर बजार घटेको थियो । अरु बैंकहरुले पनि अब नयाँ ब्याजदर सार्वजनिक गर्दैछन् । त्यस आधारमा पनि सेयर बजारको आगामी गति तय हुने अनुमान गरिएको छ । यस बाहेक केन्दीय बैंकले मौद्रिक नीति पुनरावलोकनमा सेयर बजार सुधारका केही कदम चाल्न सक्ने आशामा लगानीकर्ता बसेका छन् । 

सेयर बजारमा छोटो समयमै ठूलो करेक्सन आइसकेको छ । सबल वित्तीय सूचक भएका कम्पनीहरुको भाउ तुलनात्मकरुपमा निकै सस्तो भयो। जसले गर्दा लगानीकर्ता आकर्षित गर्ने अपेक्षा गरिएको छ।  

सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन्। केही बुक क्लोज र साधारण सभाको मिति पनि सार्वजनिक गरिसकेका छन्। यसआधारमा अहिले सेयरधनी बन्नेले छोटो समयमा लाभांंश हात पार्न सक्नेछन्।

 
अधिकांस वित्तीय संस्थाले लाभांश र साधारणसभाकाे मिती ताेकिसकेका छन्। बजार बढेका बेला लाभांशका साथमा पूँजीगत लाभ पनि प्राप्त हुनेछ । आम लगानीकर्ताले आफ्नो जोखिम बहन क्षमतालाई ख्याल गर्दै बजारमा भाउ सस्तो भएकै बेला प्रवेश गर्न विश्लेषकहरु सुझाव दिने गर्छन्।


प्रकाशित : सोमबार, कात्तिक १ २०७८०२:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend