मंगलबार, मंसिर १८ गते २०८१    
images
images

धमाधम भित्रिँदै अन्तर्राष्ट्रिय चेन होटल

images
शनिबार, पुस ३० २०७९
images
images
धमाधम भित्रिँदै अन्तर्राष्ट्रिय चेन होटल

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय होटल चेन सोल्टी होटल हो। सोल्टीले ५० वर्षअघि नै ओभरायको चेन ब्रान्ड ल्याएको थियो। ओभरायले आफ्नो सेयर बिक्री गरेर बाहिरिन खोजेपछि एनई ग्रुपका रविभक्त श्रेष्ठले खरिद गरेका थिए

images
images

काठमाडौं- पछिल्लो समय नेपाली होटल उद्योगमा बहुराष्ट्रिय होटल ब्रान्डको प्रवेशले रफ्तार पाएको छ। अहिले अधिकांश ठूला होटल सञ्चालन गर्न बहुर्राष्ट्रिय ब्रान्ड भित्र्याउने प्रतिस्पर्धा चलिरहेको देखिन्छ। कोभिडकै बीच पनि ठूला ब्रान्ड नेपाल आउने तयारीमै छन्।

images
images
images

विश्वविख्यात ब्रान्डहरु पनि नेपाल भित्रिसकेका छन्। नेपालमा पर्यटनको राम्रो सम्भावना देखेर विदेशी ब्रान्डले आँखा लगाइरहेको होटल व्यवसायी बताउँछन्। 

images

चौधरी ग्रुप, एनई ग्रुप र समिट ग्रुपले कुपण्डोल हाइटमा निर्माण गर्न लागेको पाँचतारे होटलमा विश्वको सबैभन्दा लक्जरीमध्येको एक होटल चेन ‘सेन्ट रिजिस’ आउने भएको छ। अहिलेसम्म नेपालमा यो स्तरको ब्रान्ड आइसकेको छैन। नेपालको नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित विश्वकै लक्जरी ब्रान्ड भित्र्याउन लागेको लगानीकर्ताहरुले बताएका छन्।   

images

गोल्यान ग्रुपको सोल्टिमोडस्थित पाँचतारे होटलमा हायात प्यालेस सञ्चालनमा आइसकेको छ।

बैंकर पृथ्वीबहादुर पाँडेले ठमेलको छाया सेन्टरमा मेरियटको अलफ्ट ब्रान्ड भित्र्याएका छन्। पाँचतारे अलफ्ट होटल सञ्चालनमा आउनेवित्तिकै कोभिड महामारी सुरु भयो। अहिले यो होटलले मात्र होइन सिंगो ठमेल व्यवसाय उठाउन कोभिडको सामाना गरिरहेको छ। कोभिड मत्थर भएर विदेशी पर्यटक आउने पर्खाइमा अलफ्ट होटल छ।

पछिल्लो समय सबैभन्दा चर्चामा नक्सालको पाँचतारे म्यारियट होटल छ। अहिले सम्भ्रान्त वर्गको मिटिङ, भेटघाटदेखि लञ्च, डिनरका कार्यक्रम म्यारियटमै हुने गर्छ। विदेशबाट आउने हाई लेवलका पाहुना पनि म्यारियटमै बस्ने गरेका छन्। साउदी राजकुमार हिमाल चढ्न आउँदा म्यारियटमै बसे।

उद्योगी शशिकान्त अग्रवालले सञ्चालनमा ल्याएको म्यारियट होटल धेरैको रोजाईंमा पर्ने गरेको छ। म्यारियटको ब्रान्ड र आतिथ्य सत्कारले पनि धेरैको रोजाइँ म्यारियट हुने गरेको अग्रवाल बताउने गर्छन्। 

उनै शशिकान्तले ठमेलको तीनतारे होटलमा म्यारियटकै फेयरफिल्ड ब्रान्ड ल्याइसकेका छन्। कमलादीमा निर्माण गर्न लागेको होटलमा म्यारियटको मोक्सी ब्रान्ड ल्याउन लागेको उनी सुनाउँछन्। 

यसअघि नै नेपालमा हायात र र्‍याडिसन ब्रान्ड भित्रिसकेका छन्। सोल्टी होटलमा आएको क्राउन प्लाजा भने बाहिरिएको छ। कोभिड मत्थर भएर पर्यटक आवागमन सुरु भएपछि लक्जरी ब्रान्ड ल्याउने तयारीमा सोल्टी व्यवस्थापन लागेको छ।

अर्बपति व्यवसायी एवं प्रतिनिधिसभा सांसद बिनोद चौधरीले मेघौलीको रिसोर्टमा ताज सफारी ब्रान्ड ल्याएका छन्। मेघौली सेराइ ताज सफारीले प्रिमियम मूल्यमा कोठाहरु बिक्री गरिरहेको छ। 

चौधरीकै लगानी रहेको चितवनको भरतपुरस्थित सीजी ल्यान्डमार्कमा रहेको होटल ‘द फर्न’  सञ्चालन भइसकेको छ। ‘द फर्न’ले भारतमा धेरै बजेट होटलहरु व्यवस्थापन गर्दै आइरहेको छ। ‘द फर्न’ चौधरी आफैले जन्माएको होटलको चेन ब्रान्ड हो।

चौधरीले झम्सिखेलको होटलमा ताजकै भिभान्ता ब्रान्डलाई व्यवस्थापनको जिम्मेवारी सुम्पिएका छन्। चौधरी ग्रुपको भगिनी कम्पनी सिजी हस्पिटालिटीले नेपाल, भारत, श्रीलंका, माल्दिभ्स, दुबई, चीन, अमेरिकालगायत विश्वका धेरै मुलुकमा डेढ सय हाराहारी होटल सञ्चालन गर्दै आइरहेको छ।

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय होटल चेन सोल्टी होटल हो। सोल्टीले ५० वर्षअघि नै ओभरायको चेन ब्रान्ड ल्याएको थियो। ओभरायले आफ्नो सेयर बिक्री गरेर बाहिरिन खोजेपछि एनई ग्रुपका रविभक्त श्रेष्ठले खरिद गरेका थिए। 

राधेश्याम सर्राफले बौद्धको पाँचतारे होटलमा हायत रिजेन्सी ब्रान्ड भित्र्याएका छन्। त्यो होटलको स्तरोन्नती गरेर ग्रान्ड हायात बनाउने तयारी चलिरहेको छ।

यो बीचमा सेराटन, ले मेरिडियन, ताज, आईटीसी, इन्टरकन्टिनेन्टल लगायत अन्तर्राष्ट्रिय ब्रान्डहरु भित्रिएका थिए, तै पनि सबै सफल भएनन्। व्यवसायी शशिकान्त अग्रवालले नक्सालको होटलमार्फत मेरियटलाई पुनः नेपालमा भित्र्याएका हुन्।

अहिले म्यारियट ग्रुपकै तीन वटा ब्रान्ड आइसकेका छन् भने थप ४ वटा ब्रान्ड नेपाल भित्रिने तयारीमा छन्।  

पछिल्लो समय सोल्टी होटलको व्यवस्थापन सम्हालिरहेको क्राउन प्लाजा पनि बाहिरिसकेको छ। बहुराष्ट्रिय हस्पिटालिटी ब्रान्ड इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (एआइएचजी)को चर्चित ब्रान्ड क्राउन प्लाजा सोल्टीबाट निस्किए पनि एआइएचजीको होलिडे इन एक्सप्रेस एन्ड सुइट्स ब्रान्ड आउँदैछ। जापानमा बसेर रेष्टुरेन्ट व्यवसाय सञ्चालन गरिरहेका चिरञ्जीवी थापाले रविभवनमा रहेको नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथम) परिसरभित्र निर्माण गरिरहेको होटलमा त्यो ब्रान्ड ल्याउन लागिएको हो। यो होटल सन् २०२२ भित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको बताइएको छ। 


प्रकाशित : शनिबार, पुस ३० २०७९०४:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend