बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

राष्ट्रिय वाणिज्य बैंकको १२.५ प्रतिशत लाभांश पारित

बिहीबार , पुस २८ २०७९
राष्ट्रिय वाणिज्य बैंकको १२.५ प्रतिशत लाभांश पारित

काठमाडौं-राष्ट्रिय वाणिज्य बैंकको लाभांश पारित भएको छ। बैंकको बिहीबार सम्पन्न भएको १७ औं वार्षिक साधारण सभाले संचालक समितिले प्रस्ताव गरेको १२.५ प्रतिशत लाभांश पारित गरेको हो।

सभाले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

यसपछि बैंकको कूल चुक्ता पुँजी १५ अर्ब ६३ करोड रुपैयाँ हुनेछ। बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६४ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ।

 


प्रकाशित : बिहीबार , पुस २८ २०७९११:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend