बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सेयरधनीलाई लाभांशसहित हिमालयन बैंकसँग एक्विजिसनमा जाने प्रस्ताव पारित गर्दै सिभिल बैंककाे साधारणसभा सम्पन्न

बिहीबार , पुस २८ २०७९
सेयरधनीलाई लाभांशसहित हिमालयन बैंकसँग एक्विजिसनमा जाने प्रस्ताव पारित गर्दै सिभिल बैंककाे साधारणसभा सम्पन्न

काठमाडौं- सिभिल बैंक लिमिटेडको बाह्रौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बिहीबार सम्पन्न साधारणसभाले सेयरधनीलाई दिने लाभांश पारित गरेको छ। 

साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पुँजीको ५ प्रतिशत बराबरको बोनस सेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्न सर्वसम्मतीले स्वीकृत प्रदान गरेको छ।

साथै सभाले सिभिल बैंक लिमिटेडलाई हिमालयन बैंक लिमिटेडले प्राप्ती (एक्विजिशन) गर्ने सन्दर्भमा सो बैंकको १०० कित्ता सेयर बराबर हिमालयन बैंक लिमिटेडको ८०.२८ कित्ता सेयर प्राप्त हुने गरी सेयर आदान प्रदान अनुपात १००ः ८०.२८ कित्ता कायम गरी प्राप्ती (एक्विजिशन) कार्यलाई अन्तिम स्वीकृति प्रदान गरेको छ।

साधारण सभाका सबै प्रस्तावहरु पारित भएकोमा बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले धन्यवाद दिएका थिए। सिभिल बैंकको मर्जर कमिटीलाई विशेष आभार प्रकट गर्दै नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृती पश्चात दुवै बैंकको एकीकृत कारोबार २०७९ माघ भित्र गरिने योजना रहेको पाण्डेले बताए।


प्रकाशित : बिहीबार , पुस २८ २०७९०९:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend