बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नेपाल टेलिकमको लाभांश पारित, कति कित्ता सेयर हुनेले कति पाउँछन्?

बिहीबार , पुस २८ २०७९
नेपाल टेलिकमको लाभांश पारित, कति कित्ता सेयर हुनेले कति पाउँछन्?

काठमाडौं- नेपाल टेलिकमले आर्थिक वर्ष २०७८/०७९ को मुनाफबाट सेयर धनीलाई वितरण गर्ने लाभांश पारित गरेको छ।

कम्पनीको १५ औँ वार्षिक साधारण सभाले २०७८/०७९ को मुनाफबाट प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो। यसको अर्थ एकसय कित्ता सेयर हुनेले ४ हजार नगद लाभांश पाउने छन्।
   
आर्थिक वर्ष २०७८/७९मा आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकुलताका बीच कम्पनीले कुल ४४ अर्ब ३७ करोड राजश्व आम्दानी गरी ८ अर्ब ४७ करोड खुद नाफा गरेको थियो। यो नाफा गत वर्षको भन्दा  १ अर्ब ३५ करोड रुपैयाँले बढी हो।


प्रकाशित : बिहीबार , पुस २८ २०७९०९:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend