बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सेयर बजारमा पुन: उही उतारचढाव, लगातार उचालिएको बजार गिरावटतिर

बिहीबार , पुस २८ २०७९
सेयर बजारमा पुन: उही उतारचढाव, लगातार उचालिएको बजार गिरावटतिर

काठमाडौं- निरन्तर उकालोमा देखिएको सेयर बजारमा लगातार दुई कारोबारमा गिरावट आएको छ। नयाँ सरकार आएयता ३४४.०८ अंकको वृद्धि भइसकेको बजार अहिले लगातार दुई कारोबारमा घटेको हो।

यो साता पहिलो कारोबारमा आइतबार २०.५५ अंकको वृद्धि देखिएको थियो। सोमबार ४७.१५ अंकको वृद्धिसँगै २२११.७६ बिन्दुमा पुगेको बजार मंगलबार २१.३५ अंकको गिरावटसँगै बजार २१९०.४२ बिन्दुमा झरेको थियो।

बुधबार बन्द रहेको बजार साताको अन्तिम कारोबारमा बिहीबार पनि घटेको छ। बिहीबार ४१.०२ अंकले घटेर २१४९.४१ बिन्दुमा पुगेको छ। २१ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ५ अर्ब ४७ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ। 

नयाँ सरकार गठन भएसँगै विश्वासको वातावरण देखिएको भनिएको सेयर बजारमा सुधार आइरहेको थियो। दुई दिनको गिरावटले बजारमा अझै पनि विश्वासको वातावरण देखिएको छैन। केही ठूला लगानीकर्ताको चलखेल हो या बजारले नयाँ गति समात्ने बाटो देखाएको हो भन्ने यकिन आधार देखिँदैन। 

लामो समय गिरावट आएको बजारमा केही दिन उचालिएर पुन: उही उतारचढावको अवस्था देखिएको छ। 

अहिलेको अवस्थामा अब सरकारले लिने नीतिपछि मात्रै विश्वासयोग्य सुधारको अपेक्षा गर्न सकिने विश्लेषकहरूको भनाइ छ। सरकारी साथ मिल्दै गएमात्र अबको बाटो पुनः उच्च अंकतर्फ लाग्नसक्ने उनीहरूको भनाइ छ। 


प्रकाशित : बिहीबार , पुस २८ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend