मंगलबार, मंसिर १८ गते २०८१    
images
images

के हो नोटाम प्रणाली? जसमा खराबी आउँदा अमेरिकाको हवाई यातायात अस्तव्यस्त भयो 

images
बिहीबार , पुस २८ २०७९
images
images
के हो नोटाम प्रणाली? जसमा खराबी आउँदा अमेरिकाको हवाई यातायात अस्तव्यस्त भयो 

उडान अस्तव्यस्त बनाइदिने नोटाम प्रणाली के हो? यसको काम के हुन्छ? यसको सुरुवात कहिलेदेखि भएको थियो? 

images
images

काठमाडौं- ११ जनवरि २०२३ का दिन सयुक्त राज्य अमेरिकाको हवाई यातायात अस्तव्यस्त भयो। ४ घण्टा आन्तरिक उडान ठप्प भयो। यसमा हजारौँ उडान रद्ध भए भने हजारौँ उडान ढिला भए। 

images
images
images

यात्रुहरूलाई सास्ती एकातिर थियो भने अर्कोतिर अमेरिकी राष्ट्रपतिले समे यमा चासो दिएका थिए। यो सब हुनुको कारण थियो नोटाम प्रणालीमा आएको खराबी। नोटाम प्रणालीमा खराबी आउँदा अमेरिकी उड्डयन नियामक एफएएले बिहान ९ बजेसम्मका लागि सबै आन्तरिक उडानमा रोक लगाएको थियो। 

images

विमानस्थल तथा उडान वातावरणको जानकारी उडान दललाई दिने यस्तो प्रणालीमा खराबी आएपछि एक दिन भएको उडानमा भएको अवरोधको प्रभाव अझै एक दिनसम्म रहने बताइएको छ। 

images

सयुक्त राज्य अमेरिकाको हवाई यातायातमा भएको यस्तो अस्तव्यस्त सीमित आपतकालीन घटनामा समावेश भएको छ। 

उडान अस्तव्यस्त बनाइदिने नोटाम प्रणाली के हो? यसको काम के हुन्छ? यसको सुरुवात कहिलेदेखि भएको थियो? 

हवाई उडानलाई सुरक्षित बनाउनका पछाडि जटिल संरचना हुन्छ। मानव संसधानदेखि संस्थागत व्यवस्था र प्रविधिदेखि उपकरणसम्म यसका लागि जोडिएर बसेको हुन्छ। यसकै लागि एउटा प्रणाी हुन्छ नोटाम। 

नोटिस टू मिसन्स भनिने यो एउटा यस्तो प्रणाली हो जसलाई विमानस्थलमा रहेका आधिकारिक व्यक्तिहरूले उडान दल या सम्बन्धितलाई सूचना प्रवाह गर्छ। उडानसँग सम्बन्धित आवश्यक सूचना यसले प्रवाह गर्छ। 

उडान प्रणालीको एउटा म्यासेजिङ प्ल्याटफर्मको काम यसले गर्छ। उडानलाई असर गर्ने कुनैपनि गतिविधिको वास्तविक जानकारी उडानसँग सम्बन्धित सबैलाई यसले जानकारी दिन्छ। 

उडान रुटदेखि विमानस्थलसम्म हुने उडान अवरोधक कुनै पनि गतिविधिको सक्ष्म सूचना संकलन गरि त्यसको उपयुक्त प्रवाहसम्मका काम यसले गर्छ। जस्तो कुनै पनि विमानस्थलमा अवरोध छ भने त्यसको जानकारी उडान दलका सदस्य तथा पाइलटलाई समयमै जानकारी यो प्रणालीबाट दिइन्छ। 

उडान क्षेत्रमा हुने मौसमी गडबडीदेखि अन्य अवरोधकको पहिचान गरी सुरक्षित उडान तथा अतवरणका लागि सूचना प्रवाह गर्ने यो प्रणालीको सुरुवात ७५ वर्षअघि भएको थियो। 

FAA-website-with-its-logo-highlighted-800x500.jpg

सन् १९४७ मा सयुक्त राष्ट्रको विशेष समूहले एयर ट्राभलसँगको सम्झौता आधारमा जहाज तथा यात्रीको सुरक्षाका लागि सञ्चारसञ्जालका रुपमा नोटाम जारी गरिएको थियो। सुरुमा यलाई नोटस टू एयरमेन भनिनिन्थ्यो। सन् २०२१ देखि भने अमेरिकाले यसको व्याख्या बदलेर नोटिस टू मिसन्स बनाएको थियो। 

यस्तो नोटम सम्बन्धित अधिकारीहरूले मात्र जारी गर्छन्। विमानस्थल, नागरिक उड्डयन अधिकारीहरूले मात्र यस्तो नोटम सूचना जारी गर्छन्। विभिन्न माध्यमबाट यसको प्रवाह गरिन्छ।

यस्तो नोटम विभिन्न किसिमको हुन्छ। सूचनाको प्रकृति अनुसार प्रसारमा पनि भिन्नता हुन्छ। यसको भाषा पनि अलग हुन्छ। कतिपय अवस्थामा वेबसाइटमा सार्वजनिक गरिने नोटाम हुन्छ। विशेषगरि उडान दलका सदस्यलाई प्रसारण गरिने नोटाममा भने यसको भाषा अलग हुन्छ। प्राविधिक भाषा हुन्छ। संगठित रुपमा पाइलटहरूलाई यस्तो सूचना जान्छ भने सर्वसाधारणले पनि बुझिनेखालको वेबसाइटमा प्रकाशन गरिने भाषा सरल हुन्छ। 


प्रकाशित : बिहीबार , पुस २८ २०७९०६:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend