सोमबार, असार ९ गते २०८२    
सोमबार, असार ९ २०८२
images
images

टेलिकमसहित १० कम्पनीको साधारणसभा आज, कुनको कति लाभांश?

images
बिहीबार , पुस २८ २०७९
images
images
टेलिकमसहित १० कम्पनीको साधारणसभा आज, कुनको कति लाभांश?

बिहीबार विभिन्न १० वटा सूचिकृत कम्पनीहरुले साधारणसभा गर्दैछन्। १० मध्ये ७ वटा कम्पनीले लाभांश पनि प्रस्ताव गरेकोले साधारणसभाले लाभांश समेत पारित गर्नेछ। 

images
images

काठमाडौं- बिहीबार विभिन्न १० वटा सूचिकृत कम्पनीहरुले साधारणसभा गर्दैछन्। १० मध्ये ७ वटा कम्पनीले लाभांश पनि प्रस्ताव गरेकोले साधारणसभाले लाभांश समेत पारित गर्नेछ। 

images
images
images

बिहीबार हिमालयन बैंक, सिभिल बैंक, सोल्टी होटेल, लक्ष्मी बैंक, राधी विद्युत कम्पनी, प्राइम कमर्शियल बैंक, सिद्धार्थ बैंक, नेपाल टेलिकम , इमार्जिंग नेपाल लिमिटेड र अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले साधारणसभा गर्दै छन्। जस मध्ये लक्ष्मी बैंक, इमार्जिंग नेपाल र अपार सोलु हाइड्रोले बाहेक अन्य ७ कम्पनीले लाभांश बितरण गर्ने प्रस्ताव पनि पारित गर्ने छन् ।

images
images

कुनको कति छ ?

images
images
images
  • हिमालयन बैंक  ११.११ प्रतिशत नगद लाभांश र ८ प्रतिशत बोनस सेयर
  • सोल्टी होटेल  २१.३१ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर
  • सिभिल बैंक ०.२६ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर
  • राधि विद्युत कम्पनी ०.२५ प्रतिशत नगद लाभांश र ४.७५ प्रतिशत बोनस सेयर
  • प्राइम कमर्शियल बैंक ४.९५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर
  • सिद्धार्थ बैंक ०.६६ प्रतिशत नगद लाभांश र १२.५० प्रतिशत बोनस सेयर
  • नेपाल टेलिकम  ४० प्रतिशत नगद लाभांश 


प्रकाशित : बिहीबार , पुस २८ २०७९०४:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend