बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

टेलिकमसहित १० कम्पनीको साधारणसभा आज, कुनको कति लाभांश?

बिहीबार , पुस २८ २०७९
टेलिकमसहित १० कम्पनीको साधारणसभा आज, कुनको कति लाभांश?

बिहीबार विभिन्न १० वटा सूचिकृत कम्पनीहरुले साधारणसभा गर्दैछन्। १० मध्ये ७ वटा कम्पनीले लाभांश पनि प्रस्ताव गरेकोले साधारणसभाले लाभांश समेत पारित गर्नेछ। 

काठमाडौं- बिहीबार विभिन्न १० वटा सूचिकृत कम्पनीहरुले साधारणसभा गर्दैछन्। १० मध्ये ७ वटा कम्पनीले लाभांश पनि प्रस्ताव गरेकोले साधारणसभाले लाभांश समेत पारित गर्नेछ। 

बिहीबार हिमालयन बैंक, सिभिल बैंक, सोल्टी होटेल, लक्ष्मी बैंक, राधी विद्युत कम्पनी, प्राइम कमर्शियल बैंक, सिद्धार्थ बैंक, नेपाल टेलिकम , इमार्जिंग नेपाल लिमिटेड र अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले साधारणसभा गर्दै छन्। जस मध्ये लक्ष्मी बैंक, इमार्जिंग नेपाल र अपार सोलु हाइड्रोले बाहेक अन्य ७ कम्पनीले लाभांश बितरण गर्ने प्रस्ताव पनि पारित गर्ने छन् ।

कुनको कति छ ?

  • हिमालयन बैंक  ११.११ प्रतिशत नगद लाभांश र ८ प्रतिशत बोनस सेयर
  • सोल्टी होटेल  २१.३१ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर
  • सिभिल बैंक ०.२६ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर
  • राधि विद्युत कम्पनी ०.२५ प्रतिशत नगद लाभांश र ४.७५ प्रतिशत बोनस सेयर
  • प्राइम कमर्शियल बैंक ४.९५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर
  • सिद्धार्थ बैंक ०.६६ प्रतिशत नगद लाभांश र १२.५० प्रतिशत बोनस सेयर
  • नेपाल टेलिकम  ४० प्रतिशत नगद लाभांश 


प्रकाशित : बिहीबार , पुस २८ २०७९०४:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend