बिहीबार , चैत १५ गते २०८०    
images
images

ब्याजदर घटाउने निर्णयको प्रभाव : बैंकको खर्च कटौती, ऋणीलाई राहत

images
images
ब्याजदर घटाउने निर्णयको प्रभाव : बैंकको खर्च कटौती, ऋणीलाई राहत
images
images

काठमाडौं- नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेसँगै माघ १ गतेदेखि १० प्रतिशत ब्याजदर घट्ने भएको छ। अब माघ महिनाको लागि वाणिज्य बैंकमा १.१३ प्रतिशतका दरले ब्याजदर घट्ने छ। जसअनुसार व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर १२.१३ प्रतिशतबाट घटेर ११ प्रतिशत कायम हुने छ। त्यस्तै संस्थागत मुद्दतीतर्फको ब्याज १०.१३ प्रतिशतबाट घटेर ९ प्रतिशत कायम हुने छ। 

images
images
images

निक्षेपको ब्याजदर १० प्रतिशतले घटाउने भद्र सहमति गरेसँगै ५३ खर्ब ११ अर्बको कुल निक्षेपमा १३ खर्ब ७१ अर्ब २५.८१ प्रतिशत बचत निक्षेपको ब्याजदर १.१ प्रतिशतले तत्कालै घट्ने छ। यसले बैंकिङ प्रणालीमा १ अर्ब २५ करोड मासिक ब्याज खर्च घट्छ भने कुल निक्षेपमा ३ खर्ब ३२ अर्ब  ६.२६ प्रतिशतले मा ०.५५ प्रतिशकले ब्याजदर गर्दा तत्कालै १५ करोड मासिक ब्याज खर्च घट्ने नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवाली बताउँछन्।

images

यसले समग्र प्रणालीमा खर्च घटाउने भएकोले सबैलाई फाइदा हुने ज्ञवालीको बुझाइ छ। उनका अनुसार यसरी १ अर्ब ४० करोड ब्याज खर्च मासिक रुपमा तत्काल घट्ने छ। मुद्दति निक्षेपको ब्याजदर विस्तारै घट्दै गएपछि यसले गर्दा बैंकिङको आधारदर घट्न गइ औसत कर्जाको ब्याजदर १२.६३ प्रतिशतबाट घट्न जानेछ। ‘नयाँ कर्जाको ब्याजदर घट्न गइ उद्यमशीलता मा टेवा पुग्ने छ,’ ज्ञवालीले भने। 

images
images

गत वर्षको तुलनामा बैंकहरूको बेसरेट २ देखि ४ प्रतिशत बिन्दुसम्मले बढेको छ। मेगा बैंकको बेसरेट १‍‍‍.०३ प्रतिशत बिन्दुले वृद्धि हुँदा स्ट्यान्डर्ड चाटर्ड बैंकको बेसरेट ४.०८ प्रतिशत बिन्दुले वृद्धि भएको छ।

वित्तीय विवरणअनुसार सबैभन्दा कम बेसरेट पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको बेसरेट ८.८५ प्रतिशत र नेपाल बैंकको बेसरेट ८.९२ प्रतिशत रहेको छ। 

यस्तै स्ट्यान्डर्ड चाटर्ड बैंकको बेसरेट ९.२६ प्रतिशत, एभरेष्ट बैंकको ९.३० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको ९.३९ प्रतिशत, नबिल बैंकको ९.४५ प्रतिशत र कृषि विकास बैंकको ९.८३ प्रतिशत बेसरेट रहेको छ। बाँकी रहेको १९ बैंकको बेसरेट दोहोरो अंकमा पुग्दा सबैभन्दा धेरै सिटिजन्स बैंकको ११.१४ प्रतिशत र सिभिल बैंकको बेसरेट ११.०९ प्रतिशत पुगेको छ। ब्याजदर घटेसँगै आधार ब्याजदर पनि विस्तार घट्दै जाने भएकोले ऋणीलाई राहत हुने छ। 

लामो समयदेखि बढिरहेको ब्याजदरका कारणले अर्थतन्त्र संकटमा गएको भन्दै उद्योगी व्यवसायीले विरोध जनाउँदै आएका थिए। नयाँ सरकार गठन भएपछि अर्थमन्त्री तथा नेपाल राष्ट्र बैंकका गभर्नरसँग व्यवसायीहरूले निरन्तर संवाद गरेका थिए। पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता थपिएकाले ब्याजदर घटाउने अवस्था आएको निष्कर्षमा बैंकरहरू पुगेका हुन्। 

यद्यपि आयकरको पहिलो किस्ता बुझाउने म्याद पुस मसान्तसम्म रहेकाले तरलताको वास्तविक चित्र माघ १ पछि नै देखिनेछ। माघ १ पछि तरलताको स्पष्ट चित्र देखिने छ। 

तत्काल अवस्था सहज नभएपनि पछिल्लो वैदेशिक रोजागरीमा जाने नेपालीको संख्यामा आएको उछालको प्रभाव रेमिट्यान्समा देखिनेछ। यदि बैशाखदेखि रेमिट्यान्सको वृद्धिदर नियमितभन्दा धेरै भएमा सोजेभन्दा सहज अवस्था आउने राष्ट्र बैंकको बुझाइ छ। 

अहिलेको कदमले ब्याजदर धेरै घटाउनेभन्दा पनि भविष्यप्रति आशावादी हुन उत्प्रेरित गर्ने देखिन्छ। ब्याजदर घट्दो ट्रेन्डमा रहेकाले उद्योगी व्यवसायीमा आत्मविश्वास बढ्ने छ। कम्तिमा अबको छ महिनामा अर्थपूर्ण दरमा ब्याजदर घट्नेमा व्यवसायीहरू आशावादी देखिएका छन्। 

बजार चलायमान बनाउन अहिलेकै कदम पर्याप्त नभएपनि वातावरण बनाउन भने सहयोगी हुने उनीहरूको भनाइ छ। 

images

प्रकाशित : बिहीबार , पुस २८ २०७९०७:०७

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ