बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

एनएमबी बैंकका सीईओ केसी बैंकर्स संघको अध्यक्षमा चयन

बुधबार, पुस २७ २०७९
एनएमबी बैंकका सीईओ केसी बैंकर्स संघको अध्यक्षमा चयन

काठमाडौं- नेपाल बैंकर्स संघकाे अध्यक्षमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन भएका छन्।

संघकाे उपाध्यक्ष रहेका केसीलाई आज बसेकाे विशेष साधारण सभाले अध्यक्षमा चयन गरेकाे हाे।

कुशल बैैंकर मानिएका केसीले एनएमबी बैंकलाई एसियाकै उत्कृष्ट बैंककाे सूचीमासमेत पारेका थिए।

लन्डन स्थित फाइनान्सियल टाइम्सले बैंक अफ दि एसिया २०२१ बाट एनएमबीलाई पुरस्कृत गरेकाे थियाे। चीन, जापान, हङकङ, दक्षिण काेरिया, भारतमा हरेका बैकंहरुलाईपछि पार्दै एनएमबी एसियाकै उत्कृष्ट बैंक घाेषित भएकाे थियाे।

एनएमबी बैंकिङ प्रणालीमा सबैभन्दा धेरै विदेशी मुद्रा भित्र्याउने बैैंककाे रुपमा परिचित रहेकाे छ। केसी २०७३ देखि लगातार सीईओकाे रुपमा काम गरीरहेका छन्। सन् १९९० देखि नै केसीले बैंकिङ करियर सुरु गरेका थिए।


प्रकाशित : बुधबार, पुस २७ २०७९१४:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend