आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

उडानमा समय पालना गर्ने संसारकै अग्रणी एयरलाइन्स यी हुन् 

images
बिहीबार , पुस २८ २०७९
images
उडानमा समय पालना गर्ने संसारकै अग्रणी एयरलाइन्स यी हुन् 

यो सूचीमा दक्षिण अफ्रिकाको साफाएयर दोस्रो र जर्मनीको युरोविंग तेस्रो स्थानमा छ।

images
images

काठमाडौं- हवाई उडान गर्ने एयरलाइन्सले निर्धारित समयमै उडान गर्नु र नगर्नुमा एयरलाइन्स आफ्नैमात्र भन्दा अरु कारक पनि मुख्य हुन्छन्। तर पनि बाह्य कारकलाई व्यवस्थापन गर्दै समयमै उडान गर्ने एयरलाइन्स पनि हुन्छन्। 

images
images
images

समयको व्यवस्थापनमा अब्बल मानिएका यस्ता एयरलाइन्सको प्रत्येक वर्ष रेटिङ हुन्छ। कोरोना महामारीको प्रभावबाट बाहिर आएर हवाई उडान सामान्य भएपछि सन् २०२२ मा गरिएको सर्वेक्षणमा इन्डोनेसियाको गरुडा एयरलाइन्स एक नम्बरमा रहेको छ। 

images
images

ट्राभल डेटा विश्लेषक ओएजीका अनुसार गरुडाले ९५.६३ प्रतिशत उडान समयमै गरेको छ। यद्यपि यो एयरलाइन्सको कूल उडान कोरोना महामारी अघिको तुलनामा न्यून छ। 

images
images

यो सूचीमा दक्षिण अफ्रिकाको साफाएयर दोस्रो र जर्मनीको युरोविंग तेस्रो स्थानमा छ।  

यो सूचीको चौथो स्थानमा थाइएयर एसिया छ। पाँचौमा जेजु एयरलाइन्स, त्यसपछि छ देखि दससम्म क्रमश: अल निप्पोन एयरवेज जापान एयरलाइन्स , कोपा एयरलाइन्स, आईवेरिया र लाटिम एइयरलाइन्स रहेका छन्। 


प्रकाशित : बिहीबार , पुस २८ २०७९०६:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend