शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

ठूला परियोजनामा ऋण जुटाउँदै एचआईडीसीएल : बुढीगण्डकीदेखि माथिल्लो अरुणसम्ममा नजर

३९ आयोजनामा १ खर्बको स्रोत जुटाउने नेतृत्व गर्दै

images
बिहीबार , पुस २८ २०७९
images
ठूला परियोजनामा ऋण जुटाउँदै एचआईडीसीएल  : बुढीगण्डकीदेखि माथिल्लो अरुणसम्ममा नजर

कम्पनी मोडलमा निर्माण गरिने १२ सय मेगावाट क्षमताको जलाशययुक्त बुढीगण्डकी आयोजनाका लागि सम्भावित लगानीका स्रोतहरूमा छलफल सुरु भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले लगानीका स्रोतहरूका बारेमा छलफल सुरु गरेको हो।

images
images

काठमाडौं- हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टेमेन्ट तथा डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले साना र मेगा प्रोजेक्ट निर्माणको स्रोत जुटाउन आक्रामक हुने गरी काम सुरु गरेको छ। 

images
images
images

कम्पनीले हालसम्म २६ वटा जलविद्युत आयोजनाका लागि २८११ मेगावाट क्षमताको लगानी स्वीकृत गरेको छ। जसका  हालसम्म कम्पनीले १९ अर्ब ५४ करोड रुपैयाँ लगानी बराबरको ऋण तथा सेयर लगानी स्वीकृत गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्जुनकुमार गौतमले एचआईडीसीएल कम्पनी आएपछि नेपालमै पनि ठूलो परियोजनाको ऋण जुटाउन सकिन्छ भन्ने पुष्टी हुँदै गएको बताए। 

images
images

गौतमका रणनीतिक साझेदार, सरकारी क्षेत्र तथा निजी क्षेत्रबाट अगाडि बढाइएका ३११४ मेगावाट क्षमताका १३ वटा जलविद्युत आयोजनाहरूमा करिब ७० अर्ब रुपैयाँ बराबरको ऋण तथा सेयर लगानीका लागि एचआईडीसीएलमा प्रस्ताव आएको बताए। ‘आयोजनाहरूको अध्ययन तथा मूल्यांकनका कार्यहरू भइरहेका छ,’ गौतमले भने। 

images
images

माथिल्लो अरुण अर्धजलायशयुक्त आयोजनामा ५३ अर्ब लगानी जुटाउने निश्चित भएको छ। कम्पनीले स्थानीयतर्फको लगानी जुटाउने जिम्मेवारी पाएसँगै बैंक, सञ्चयकोष, नागरिक लगानीकोषबाट सहित ५३ अर्ब रुपैयाँ लगानी जुटाउने र सम्झौताको अन्तिम तयारीमा रहेको समेत गौतमले बताए।

सरकारले आफ्नै लगानीमा १०६१ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्नेगरी प्रक्रिया अगाडि बढाएको छ। ‘कम्पनीलाई स्थानीय लगानी जुटाउने जिम्मेवारी पाएकोले अहिले ५३ अर्ब रुपैयाँ लगानी सुनिश्चित गरेर सम्झौताको प्रक्रियामा रहेका छौँ,’ गौतमले भने। आयोजनाको कुल लागत २ खर्ब १४ अर्ब रुपैयाँ रहेको छ। 

नेपाल विद्युत प्राधिकरणले एचआईडीसीएलले ५३ अर्ब ऋण, स्वपुँजीबाट ६४ अर्ब र  विश्व बैंक र युरोपियन इन्भेष्टमेन्ट बैंक (इआईबी)बाट ९७ अर्ब रुपैयाँ जुटाउने गरी काम अगाडि बढाएको छ। एचआईडीसीएले राष्ट्रिय बिमा संस्थान र अन्य बिमा कम्पनीका साथै वाणिज्य बैंकहरूबाट पनि रकम जुटाउने छ।

कम्पनी मोडलमा निर्माण गरिने १२ सय मेगावाट क्षमताको जलाशययुक्त बुढीगण्डकी आयोजनाका लागि सम्भावित लगानीका स्रोतहरूमा छलफल सुरु भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले लगानीका स्रोतहरूका बारेमा छलफल सुरु गरेको हो।

जसमा  एचआईडीसीएले मात्रै ६० अर्ब ऋण जुटाउने गरी काम अगाडि बढाइएको छ।  ‘जनता र सरकारको समेत पैसा भएकोले हामीले १० प्रतिशतको रिर्टन खोजेका छौ, सोही अनुसार लगानी हुन्छ,’ सीईओ गौतमले भने। बुढीगण्डकीमा ४० देखि ६० अर्ब स्वदेशी वित्तीय कम्पनीहरूमार्फत जुटाउन सकिने भएकोले उक्त स्रोतको नेतृत्व एचआईडीसीएलले गर्नेगरी कार्य अगाडि बढेको समेत बताए। 

२६ आयोजनामा १९ अर्ब ५४ करोड ऋण लगानी

कम्पनीले हालसम्म २६ वटा जलविद्युत आयोजनाका लागि २८११ मेगावाट क्षमताको लगानी स्वीकृत गरेको छ। जसका  हालसम्म कम्पनीले १९ अर्ब ५४ करोड रुपैयाँ लगानी बराबरको ऋण तथा सेयर लगानी स्वीकृत गरेको छ। 

एचआईडीसीएलको सहायक कम्पनी रेमिट हाइड्रो लिमिटेडबाट निर्माण गरिने ७७.५ मेगावाटको घुन्साखोला तथा सिम्बुवा रेमिट हाइड्रो लिमिटेडबाट निर्माण गरिने ७०.३ मेगावाटको सिम्बुवाखोला जलविद्युत आयोजनाको अध्ययन अन्तिम चरणमा छ।

कम्पनीले विद्युत उत्पादन कम्पनी लिमिटेडबाट प्रर्वद्धन हुने ४८० मेगावाटको फुकोट कर्णालीमा स्वपूँजीको १० प्रतिशत लगानीको प्रतिबद्धता जनाएको छ। १०६ मेगावाटको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत आयोजनामा पनि स्वपूँजीको १० प्रतिशत लगानीको प्रतिबद्धता गरेको छ।

गौतमका अनुसार अहिलेसम्म निजी क्षेत्रबाट प्रर्वद्धित १८८.८ मेगावाट क्षमताका ४ वटा जलविद्युत आयोजनाहरूमा १ अर्ब ७१ करोड रुपैयाँ स्वपूँजी लगानी स्वीकृत गरिसकेको छ। सोमध्ये १ अर्ब १६ करोड रुपैयाँ लगानी प्रवाह भइसकेको छ। कम्पनीको अधिकृत पूँजी ५० अर्ब रुपैयाँ र हालको चुक्ता पूँजी २१ अर्ब रुपैयाँ रहेको छ। 


प्रकाशित : बिहीबार , पुस २८ २०७९०२:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend