काठमाडौ- मौसम प्रतिकुलताका कारण केहीदिनदेखि आन्तरिक उडान प्रभावित भएको छ। जहाज उडान तथा अवतरणका लागि आवश्यक भिजिबिलिटी नहुँदा कतिपय गन्तव्यको उडान प्रभावित भएको छ।
सोमबार मात्रै खराब मौसमका कारण आनतरिक उडान तर्फमा ६१ वटा उडान रद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।
सोमबार बुद्ध एयरको ३३, यती एयरको १४, श्री एयरको १०, गुणको १ र सौर्यको ३ गरी कुल ६१ वटा उडान रद्ध भएको विमानस्थल कार्यालयले जनाएको छ। बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णका अनुसार सोमबार विराटनगर, भैरहवा र सिमराका सबै उडान बन्द भएको छ।