बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

रिडि पावरका अध्यक्ष न्यौपाने र चार कम्पनी धितोपत्र बोर्डको कारबाहीमा

रिडि पावरका अध्यक्ष न्यौपानेलाई १० वर्ष पब्लिक कम्पनीको सञ्चालक हुन रोक

मंगलबार, पुस २६ २०७९
रिडि पावरका अध्यक्ष न्यौपाने र  चार कम्पनी धितोपत्र बोर्डको कारबाहीमा

काठमाडौं- नेपाल धितोपत्र बोर्डले एक कम्पनीका सञ्चालक र चार कम्पनीलाई कारबाही गरेको छ। बोर्डले दोस्रो बजारमा कारोबार गर्ने रिडि पावरका अध्यक्ष गुरुप्रसाद न्यौपानेसहित तीनवटा ब्रोकर कम्पनी र एउटा रेटिङ कम्पनीलाई कारबाही गरेको हो। 

बोर्डले रिडि पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासनसम्बन्धी निर्देशिकाविपरीत काम गरेको भन्दै ७५ हजार जरिवानासहित १० वर्षसम्म कुनै पनि पब्लिक कम्पनीको अध्यक्ष वा सञ्चालक हुन नपाउने गरी कारबाही गरेको छ। 

त्यस्तै सनी रेक्युरिटिजलाई समयमा प्रतिवेदन पेश नगरेको भन्दै १० हजार जरिवाना गरिएको छ। इम्पेरियल सेक्युरिटिजलाई पनि प्रतिवेदन पेश नगरेको भन्दै १० हजार जरिवानाको तोकिएको छ। त्यस्तै त्रिसुल सेक्युरिटिजलाई ७५ हजार रुपैयाँ जरिवाना तोकिएको छ।

यता केयर रेटिङ नेपाललाई क्रेडिट रेटिङ नियमावली २०६८ उल्लघंन गरी आफ्नो मुख्य सेयरधनीको क्रेडिट रेटिङ गराएको भन्दै कारबाही किन नगर्ने भनेर सफाइ पेश गर्न सूचीत गरिएको छ। 

नेपाल धितोपत्र बोर्डसम्बन्धी ऐन र नियमको पालना गराउने सिलसिलामा त्यसको उल्लंघन गर्नेहरूलाई कारबाही गरिएको बोर्डका अध्यक्ष रमेश हमालले बताए। ‘नियम कानून पालना गर्ने विषयलाई अब हामीले प्राथमिकता दिनेछौँ,' उनले भने। बोर्डलाई बलियो बनाउन तथा लगानीकर्ताको संरक्षणका लागि कानूनको पालना प्रमुख विषय भएको उनले बताए।

 


प्रकाशित : मंगलबार, पुस २६ २०७९१३:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend