बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

महिला लघुवित्तले सेयरधनीलाई ५० प्रतिशत लाभांश प्रस्ताव गरेकै दिन किन रोकियो कारोबार?

मंगलबार, पुस २६ २०७९
महिला लघुवित्तले सेयरधनीलाई ५० प्रतिशत लाभांश प्रस्ताव गरेकै दिन किन रोकियो कारोबार?

काठमाडौं- महिला लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।

कम्पनीको पुस २६ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ४७.५० प्रतिशत बोनस सेयर र बोनसको कर प्रयोजनको लागि २.५० प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हाे।

कम्पनीले लाभांश वितरणसम्बन्धी सूचना कारोबार समयभन्दा अघि उपलब्ध नगराएपछि लघुवित्तको सेयर कारोबार नेप्सेले रोक्का गरेको छ।

कम्पनीले ११ बजेर ९ मिनेटपछि मात्र लाभांश वितरण सम्बन्धि सूचना दिएपछि कारोबार रोक्का गर्दै नेप्सेले तीन कार्यदिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ। कम्पनीकाे दाेस्राे बजारमा ४००० रुपैयाँमा काराेबार भइरहेकाे छ। 


प्रकाशित : मंगलबार, पुस २६ २०७९०९:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend