काठमाडाैं- प्रभु र सेञ्चुरी बैंक मर्जरपछि आजबाट एकीकृत काराेबार सुरु भएको छ। १२ वर्ष अगाडि ५ सयभन्दा बढी सेयरधनी जाेडिएर सेञ्चुरी बैंक स्थापना भएको थियाे। एकीकृत कराेबारसँगै सेञ्चुरी बैंक प्रभुमा मर्ज भएको हाे। दुई बैंक मर्जपछि चुक्ता पुँजी ३०अर्ब पुगेको छ।
प्रमुख कार्यकारी अधिकृत अशाेक शेरचनले नेपालको बैंकिङ क्षेत्रमा अर्को एउटा नयाँ इतिहास लेख्न सफल भएको बताए। छाेटाे समयमा याे मर्जर ३ हजार ५ सय ३८कर्मचारी सहयाेगले यश बैंकलाई नयाँ उचाइमा पुर्याउने उद्घाेष समेत सीईओ शेरचनले गरेका छन्।
अब ३० अर्बभन्दा बढी चुक्ता पुँजी र २८५ अर्ब निक्षेप रहेको बैंकको २५५ अर्ब ऋण पुगेकोसमेत सीईओ शेरचनले बताए। ३० लाख ग्राहक र शाखा ३६५ पुगेको छ।
अब ठूलाे भएर प्रतिस्प्रर्धी बन्ने अभियानमा सेञ्चुरी जाेडिएको बताउँदै नयाँ र डिजिटल काराेबारलाई अझै सुदृढ बनाउने प्रतिवद्दता समेत शेरचनले गरेका छन्। उनका अनुसार कुल सम्पतीमा छैटाैँ अवस्थामा आएको छ। ऋण विस्तारमा साताैँ स्थानमा आउँदा निक्षेपतर्फ छैटाैँ स्थानमा आएको छ।
नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले प्रभु बैंक र सेञ्चुरी बैंकले यति छिटाे मर्जरको प्रक्रिया टुग्याउनुले पनि सफलताउन्मुख भएको बताए। सरकारले लिएको दाेहाेराे अंकको आर्थिक वृद्धिको लक्ष्यलाई पनि यसले सहज बनाउने अध्यक्ष केसीले बताए।
प्रभु बैंककै नामबाट एकीकृत कारोबार गर्ने गरी सम्झौता भएअनुसार पुस २६ गतेपछि एकीकृत कारोबार भएको हाे। बैंकको सीईओमा अशोक शेरचन हुनेछन् भने अध्यक्षसमेत प्रभु बैंकको नै कायम हुने भएका छन्।