मंगलबार, वैशाख २५ गते २०८१    
images
images

टाटाको विद्युतीय कार पन्च : सार्वजनिक हुनुपूर्वै चर्चाको शिखरमा, किन पन्च नै पर्खंदैछन् उपभोक्ता?

images
images
images
टाटाको विद्युतीय कार पन्च : सार्वजनिक हुनुपूर्वै चर्चाको शिखरमा, किन पन्च नै पर्खंदैछन् उपभोक्ता?

पन्चमा पनि टिगोर र टियागो ईभीमा जस्तै जिपट्रोन इलेक्ट्रिक पावरट्रोनमा आधारित हुनेछ। टाटा पन्च ईभीले ९० देखि १ सय एचपी पावर र १७० देखि २ सय एनएम टर्क जेनेरेट गर्नेछ। 

images
images

काठमाडौं- टाटाको अर्को विद्युती कार पन्च यही साता भारतमा सार्वजनिक हुँदैछ। टाटा पन्च माइक्रो एसयूभी सेगमेन्टको कार हो। आईसी इन्जिनमा समेत उपलब्ध रहेको पन्चलाई टाटा मोटर्सले विद्युतीय भर्सनमा ल्याउन लागेको हो। 

images
images
images

भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्स विद्युतीय कार उत्पादनमा आक्रामक भएको छ। टाटाले अघिल्लो वर्ष कम्प्याक्ट एसयूभी नेक्सनको इलेक्ट्रिक भर्सन सार्वजनिक गरेको थियो। यो कारले भारतीय र नेपाली बजारमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ। 

images

टाटाले २०२६ सम्ममा १० वटा विद्युतीय कार बजारमा ल्याउने योजना बनाएको छ। भारतीय बजारमा विद्युतीय गाडीको माग बढ्दै गएको छ। उपभोक्ताको यही चाहनालाई ध्यानमा राखेर टाटाले अटो एक्सपो २०२३ मा पन्च ईभी, अल्ट्रोज ईभी तथा अभेन्या र कर्भ ईभी कन्सेप्ट सार्वजनिक गर्ने तय भएको छ। 

images

टाटाले विद्युतीय गाडीसँगै चार्जिङ स्टेसन लगायतका पूर्वाधारमा पनि लगानी बढाइ रहेको छ। त्यसैले पनि टाटाका विद्युतीय कार प्रति उपभोक्ताको विश्वस बढ्दै गएको छ। 

images
images

टाटाको पन्च कार भने हालसम्म नेपाल आउन सकेको छैन। सरकारले गएको चैतदेखि पेट्रोपलयम कारको आयातमा प्रतिबन्ध लगाएका कारण आउन नसकेको हो। भारतमा पन्च ईभी आउने लागेसँगै नेपाली उपभोक्ताले समेत पन्च ईभीमा निक्कै चासो देखाएका छन्। 

हाल नेपाली बजारमा टाटाको नेक्सन ईभी तथा टिगोर ईभी बिक्री हुँदै आएको छ। नेक्सन ईभी नेपाली बजारको सर्वाधिक बिक्री हुने विद्युृतीय कारसमेत बन्न सफल भएको छ। टाटाको तुलनात्मक रुपमा सस्तो मूल्यको विद्युतीय कार टियागो ईभी भारतीय बजारमा यही महिनादेखि बिक्री हुँदै छ। आगामी महिना टियागो ईभी नेपाली बजारमा आउने सम्भावना रहेको छ। 

टाटा पन्च ईभी अल्फा प्लेटफर्ममा बन्ने छ यो प्लेटफर्ममै अल्ट्रोज ईभी पनि बनिरहेको छ। पन्चमा पनि टिगोर र टियागो ईभीमा जस्तै जिपट्रोन इलेक्ट्रिक पावरट्रोनमा आधारित हुनेछ। टाटा पन्च ईभीले ९० देखि १ सय एचपी पावर र १७० देखि २ सय एनएम टर्क जेनेरेट गर्नेछ। 

जनवरी १३ देखि हुने अटो एक्सपो २०२३ मा सार्वजनिक हुने पन्च ईभी २०२३ कै सेप्टेम्बरदेखि बजारमा बिक्रीका लागि उपलब्ध हुनेछ। यो कारको मूल्य १० देखि १४ लाख भारतीय रुपैयाँ हुने अनुमान गरिएको छ। यो कार भारतमा सार्वजनिक भएलगत्तै नेपाली बजारमा समेत आउनेछ। 

images

प्रकाशित : मंगलबार, पुस २६ २०७९०५:५५

प्रतिक्रिया दिनुहोस