बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

लाभांश पारित गरेर मर्जरमा जाने ढोका खोल्दै सकियो एसबीआई बैंकको साधारणसभा

सोमबार, पुस २५ २०७९
लाभांश पारित गरेर मर्जरमा जाने ढोका खोल्दै सकियो एसबीआई बैंकको साधारणसभा

काठमाडौं- नेपाल एसबीआई बैंकको २९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले बैंकका सेयरधनीहरूलाई चुक्ता पुँजीमा १०.५३ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। ३ प्रतिशत सेयर लाभांश र ७.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने-गाभिने-मर्जर वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने-गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न र गराउन सक्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्तावसमेत पारित गरेको छ।


प्रकाशित : सोमबार, पुस २५ २०७९१३:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend