बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सस्तो मूल्यमा आएपछि बल्ल बढ्न थाल्यो नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य, कतिसम्म पुग्ला?

मंगलबार, पुस २६ २०७९
सस्तो मूल्यमा आएपछि बल्ल बढ्न थाल्यो नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य, कतिसम्म पुग्ला?

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर न्यून मूल्यमा आएपछि बल्ल बढ्न थालेको छ। सेयर मूल्य इतिहासकै सस्तो भएपछि अहिले पुन: बढ्न थालेको हो। लगानीकर्तालाई लाभांशले थप निराश बनाएपछि सेयर मूल्य लगातार घटिरहेको थियो। 

कम्पनीले कुल १५.७८ प्रतिशत नगद लाभांश साधारणसभाले पारित गरेको छ। निराशाजनक लाभांश दिएपछि अन्य बैंक तथा वित्तीय संस्थाहरूको लाभांशभन्दा राम्रो दिएको भन्दै लगानीकर्ताले सेयर उठाउन थालेका छन्। 

nlic.JPG

कम्पनीले इतिहासमा लगानीकर्तालाई १२६ प्रतिशतसम्म लाभांश दिएको थियो। १० वर्ष अगाडि नै कम्पनीले ७० प्रतिशत बोनस सेयर र ५६ प्रतिशत नगद लाभांश दिएको इतिहास रहेको छ। 

गत वर्षदेखि प्रतिकित्ता मूल्य ३००० सम्म पुगेको सेयर मूल्य लगातार घटिरहेको छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५७७ रुपैयाँमा आइपुगेको थियो। जुन मूल्य इतिहासकै सस्तो मूल्य थियो। अहिले पुनः बढेर ७८६ रुपैयाँमा सोमबार १४ रुपैयाँले बढेको छ। 

सोमबार मात्रै नेपाल लाइफको १ लाख ८ हजार कित्ता सेयर किनबेच बिक्री भएको थियो।  १२ वर्षअगाडि कम्पनीको सेयर मूल्य ७ सय रुपैयाँ हाराहारी रहेको थियो। समग्र नेप्से परिसूचक अघिल्लो वियरिसमा आउँदा १२०० तल हुँदा ९ सयमा अन्तिम कारोबार भएको थियो। त्यसपछि लगातार बढेर ३ हजार रुपैयाँसम्म पुगेको कम्पनीको सेयर मूल्य लगातार घटेर न्यूनतम ५७७ रुपैयाँमा आइपुगेको थियो।

नेपाल लाइफ इन्स्योरेन्स नोक्सानीमा रहेपनि अधिकांश सूचकमा आफ्नो अग्रता कायमै राख्न सफल भएको छ। चुक्ता पुँजी सबैभन्दा धेरै रहेको नेपाल लाइफ जीवन बीमा क्षेत्रमा क्रियाशील र सेयर बजारमा सूचीकृतमध्ये बलियो कम्पनी हो।

चुक्ता पुँजी सबैभन्दा धेरै ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ रहेको नेपाल लाइफको बीमा व्यवसायको मुख्य श्रोत खुद बीमाशुल्क आर्जन, जीवन बीमा कोष र कुल बीमा शुल्कमा भने अग्रता कायमै राख्न सफल भएको छ। खुद बीमाशुल्क एक खर्ब माथि, नेपाल लाइफको मात्रै करिब ३५ अर्ब योगदान रहेको छ। 


प्रकाशित : मंगलबार, पुस २६ २०७९०१:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend