काठमाडौं- एनएमबी बैंकले सेयरधनीलाई ८.२५ प्रतिशत (करसहित) नगद लाभांश पारित गरेको छ। बैंकको २७ औँ साधारणसभाले सेयरधनीलाई दिने लाभांश पारित गरेको हो।
उक्त वार्षिक साधारण सभाद्वारा २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत (कर सहित) नगद लाभांश पारित गरेको छ। बैंकको २०७९ आषाढ सम्ममा खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप १८६.४० अर्ब र कर्जा १८२.०९ अर्ब रहेको छ।
बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ। बैंकको २०७९ असार सम्ममा खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप १८६.४० अर्ब र कर्जा १८२.०९ अर्ब रहेको छ।
संचालक समितिका अध्यक्ष, सञ्चालक र सेयरधनीको उपस्थितिमा सोमबार सम्पन्न साधारणसभामा एनएमबी बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणसहितको उपस्थित रहेको थियो।