बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

लक्ष्मी र सनराइज बैंक मर्जरमा जाने सम्झौता, मर्जपछि हुनेछ २१ अर्ब ६५ करोड चुक्ता पुँजी

सोमबार, पुस २५ २०७९
लक्ष्मी र सनराइज बैंक मर्जरमा जाने सम्झौता, मर्जपछि हुनेछ २१ अर्ब ६५ करोड चुक्ता पुँजी

काठमाडौं- दुई ठूला वाणिज्य बैंक लक्ष्मी र सनराइज बैंक मर्जरमा जाने भएका छन्। दुई बैंकबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो। गाभिने सम्झौतापत्रमा लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले हस्ताक्षर गरेका छन्।

दुवै बैंकबाट दुई/दुई जना हुने गरी मर्जर समिति बनाइएको छ। लक्ष्मी र सनराइज बैंक बराबरी हैसियत अर्थात १ः१ को स्वाप सेयर आदन प्रदान अनुपातमा गाभिने गरी सम्झौता गरेका छन्। 

मर्जरपछि बन्ने बैंकको अध्यक्ष लक्ष्मीले पाउने र प्रमुख कार्यकारी अधिकृत (सीईओ) दुवै बैंकबाट सहमतिमा राखिने छ। मर्जरपछि बन्ने बैंकको नाम लक्ष्मी सनराइज बैंक हुने छ। 

लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ छ। दुई बैंक मर्जपछि २१ अर्ब ६५ करोड चुक्ता पुँजी हुनेछ। लक्ष्मीको जगेडा कोषमा ४ अर्ब ५५ करोड छ भने सनराइजको ६ अर्ब ६९ करोड रुपैयाँ छ।

ग्राहकलाई दिइएको ऋण लक्ष्मीको एक खर्ब २९ अर्ब ६१ करोड छ। सनराइज बैंकको एक खर्ब १९ अर्ब ३७ करोड रुपैयाँ छ। निक्षेप लक्ष्मीको एक खर्ब ४० अर्ब १२ करोड र सनराइज बैंकको एक खर्ब २५ अर्ब ३९ करोड रुपैयाँ छ।


प्रकाशित : सोमबार, पुस २५ २०७९११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend