बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नबिलको भन्दा एनआईसी एसियाको सेयर मूल्य ८५ रुपैयाँ महँगो, नबिलको घट्दा एनआईसी एसियाको किन बढ्यो?

सोमबार, पुस २५ २०७९
नबिलको भन्दा एनआईसी एसियाको सेयर मूल्य ८५ रुपैयाँ महँगो, नबिलको घट्दा एनआईसी एसियाको किन बढ्यो?

काठमाडौं- नबिल बैंकको सेयर मूल्य लगातार घट्दा एनआईसी एसिया बैंकको सेयर मूल्य भने लगातार बढिरहेको छ। जसका कारण नबिलको भन्दा एनआईसी एसिया बैंकको सेयर मूल्य प्रतिकित्ता ८५ रुपैयाँ महँगो भएको छ। गतसाता पहिलो पटक नबिललाई उछिन्दै दोस्रो बजारमा एनआईसी एसियाको सेयर मूल्य महँगो भएको थियो। 

लाभांश नदिए पनि एनआईसी एसियाको सेयर मूल्य लगातार बढिरहेको छ। सोमबार एनआईसी एसियाको सेयर मूल्य ८०४ रुपैयाँ पुगेको छ। सोमबार पनि प्रतिकित्ता १३.९० रुपैयाँले बढेको छ। यता नबिलको भने सेयर मूल्य लगातार घटेर ७१९ रुपैयाँमा झरेको छ।

एनआईसी एसियाको बजार पुँजीकरण ९१ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ भने नबिलको बजार पुँजीकरण १ खर्ब ९४ अर्ब रुपैयाँ रहेको छ। नबिलको चुक्ता पुँजी २७ अर्ब पुगेको छ भने एनआईसी एसियाले ११ अर्ब ५६ करोड रुपैयाँ रहेको छ। 

नेपाल बंगलादेश बैंकलाई एक्वाएर गरेको नबिल बैंकले वितरणयोग्य कोषमा उल्लेख्य सुधार गरेता पनि सेयर मूल्य भने बढ्न सकेको छैन। कुनै समय १७४० रुपैयाँसम्म पुगेको थियो। यता एनआईसी एसियाको भने ९३५ रुपैयाँ सम्म पुगेको थियो। 

 


प्रकाशित : सोमबार, पुस २५ २०७९०९:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend