बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

लगानीकर्तामा उत्साह देखिँदा सेयर बजार २२०० को बिन्दु पार गर्दै नयाँ उचाइतर्फ

सोमबार, पुस २५ २०७९
लगानीकर्तामा उत्साह देखिँदा सेयर बजार २२०० को बिन्दु पार गर्दै नयाँ उचाइतर्फ

काठमाडौं- लगातार घटेर न्युन बिन्दुमा आएको सेयर बजार नयाँ सरकार गठन भएसँगै लगातार बढिरहेको छ। लगातारको वृद्धिसँगै सेयर बजारले २२०० को बिन्दु पार गरेको छ। 

नयाँ सरकार आएसँगै समग्रमा बजारमा ३०० अंकभन्दा माथि बढेको छ। लगानीकर्तामा उत्साह देखिएसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। अहिलेको अवस्थाले सेयर बजार नयाँ उचाइतर्फ अगाडि बढ्ने देखिएको छ। पुँजी बजारमा देखिएको गिरावटलाई सम्बोधन गर्नेगरी काम गर्ने सरकारी घोषणासँगै लगानीकर्ताहरू विश्वस्त देखिँदा सेयर बजारमा उछाल आइरहेको हो। 

साताको दोस्रो दिन सोमबार पनि बजारमा उच्च अंकले वृद्धि देखिएको छ। साेमबार ४७.१५ अंकको वृद्धिसँगै बजार २२११.७६ बिन्दुमा पुगेको छ। जहाँ १७३ कम्पनीको सेयर मूल्य बढ्दा ५ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको छ। 

यो साता पहिलो कारोबारमा आइतबार २०.५५ अंकको वृद्धिसहित बजार २१६४.४८ बिन्दुमा पुगेको थियो। जहाँ १३३ कम्पनीको सेयर मूल्य बढ्दा ५ अर्ब ४५ करोड ९९ लाख रुपैयाँको कारोबार भएको थियो। कारोबार रकमका हिसाबले लामो समयपछि अहिलेको सुधार देखिएको हो। 

नयाँ सरकार गठन भएसँगै पुस ११ गते सोमबार पहिलो कारोबारमा ५६.८६ अंकको वृद्धिसहित बजार १९२४.०७ बिन्दुमा पुगेको थियो। त्यसयता दुई दिन सामान्य करेक्सन देखिएको बजार बाँकी समय लगातार बढिरहेको छ। 

सरकार गठन भएको साता मंगलबार बजारमा ५९.८७ अंकको वृद्धि, बुधबार ११.८१ अंकको सामान्य गिरावट, बिहीबार ५६.८८ अंकको वृद्धि देखिएको थियो। यसैगरी गएको साता आइतबार १७.२६ अंकको वृद्धि, सोमबार १७.५६ अंकको वृद्धि, मंगलबार ३.०३ अंकको गिरावट, बुधबार ६४.८७ अंकको वृद्धि र बिहीबार १७.९२ अंकको वृद्धि देखिएको थियो।


प्रकाशित : सोमबार, पुस २५ २०७९०९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend