आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

इन्धनको मूल्य घटेसँगै हवाई भाडा घट्यो, कुन रुटमा कति भाडा?

images
सोमबार, पुस २५ २०७९
images
इन्धनको मूल्य घटेसँगै हवाई भाडा घट्यो, कुन रुटमा कति  भाडा?

यस्तै काठमाडौंदेखि पर्वतीय उडान गर्दाको भाडामा ६५० रुपैयाँ कम हुने भएको छ।

images
images

काठमाडौं- हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडासमेत घटेको छ। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएसँगै पुस २७ गतेदेखि लागु हुने गरी हवाई भाडा घटाउन लागेको वायुसेवा सञ्चालक संघले जानकारी दिएको छ।

images
images
images

नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य २० रुपैयाँ घटाएको थियो। परिमार्जित भाडादरमा सबैभन्दा धेरै भाडा घट्नेमा काठमाडौं-धनगढी रुटमा ८८५ रुपैयाँ रहेको छ भने कम भाडा दर घट्नेमा काठमाडौं-सिमरा रुटमा १८० रुपैयाँ घटाइने भएको छ।

images
images

यस्तै काठमाडौंदेखि पर्वतीय उडान गर्दाको भाडामा ६५० रुपैयाँ कम हुने भएको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ३० रुपैयाँसम्म घटाएको छ। निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले हवाई इन्धन आन्तरिकतर्फ २० र बाह्यतर्फ करिब ३० रुपैयाँ घटाउने निर्णय गरेको हो।

images
images

नयाँ मूल्यअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७० रुपैयाँ पर्नेछ। यसअघि प्रतिलिटर १९० रुपैयाँ थियो। त्यस्तै हवाई इन्धन बाह्यतर्फ प्रतिलिटर १८७ रुपैयाँ ८५ पैसा १.४२ (अमेरिकी डलर) पर्ने जनाएको छ। यसअघि प्रतिलिटर २१७ रुपैयाँ २४ पैसा थियो । 

price.jpeg


प्रकाशित : सोमबार, पुस २५ २०७९०६:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend