शनिबार, साउन १२ गते २०८१    
images
images
images

नेपाल वेयरहाउसले सर्वसाधारणका लागि १३ करोड ७५ लाखको सेयर जारी गर्ने

नेपालकै सबैभन्दा ठूलो कृषिजन्य वस्तुको गोदाम कम्पनी कस्तो हो? 

images
सोमबार, पुस २५ २०७९
images
images
नेपाल वेयरहाउसले सर्वसाधारणका लागि १३ करोड ७५ लाखको सेयर जारी गर्ने

कम्पनीले क्रेडिट रेटिङ पनि गराएको छ। इन्फोमेरिक्स नेपालले यो कम्पनीलाई डबल बी माइनस रेटिङ दिएको छ। 

images

काठमाडौं- निजी क्षेत्रको पहलमा स्थापना भएको सबैभन्दा ठूलो कृषि वस्तु वेयरहाउस नेपाल वेयरहाउस कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ। 

images
images

नेपालका तीन जिल्लामा भण्डारण केन्द्र सञ्चालन गर्नेगरि स्थापना भएको कम्पनीले अहिले एउटा युनिट सञ्चालनमा ल्याइसकेको छ। ६८ करोड ७५ लाख चुक्ता पुँजी भएको यो कम्पनीले २० प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्ने छ। 

images

सेयर जारी गर्नका लागि धितोपत्र बोर्डमा अनुमति माग गर्ने काम भइरहेको कम्पनीका प्रमुख कार्यकारी निर्देशक जयमुकुन्द खनालले जानकारी दिए। डकुमेन्टेसनको काम भइरहेको र छिटै बोर्डमा औपचारिक रुपमा जाने उनको भनाइ छ। 

कृषिजन्य वस्तुको उत्पादन तथा वितरणमा प्रतिष्ठा आर्जन गरेको निम्बस समूहको अग्रस्तामा स्थापना भएको यो कम्पनीले सुनसरी, पर्सा तथा कपिलवस्तुमा वेयरहाउस सञ्चालनमा ल्याउने छ। 

images

१ अर्ब ६५ करोड लागत अनुमान गरिएको यो परियोजना सम्पन्न भएपछि ५५ हजार टन भण्डारण क्षमता हुनेछ। सुनसरीमा १५ हजार टन क्षमताको वेयरहाउस निर्माण भएर सञ्चालनमा आइसकेको छ। यसमा अहिले नै बुकिङ सुरु भएको कम्पनीले जानकारी दिएको छ। त्यस्तै पर्सामा २५ हजार टन क्षमताको वेयरहाउस निर्माणको काम अन्तिम चरणमा पुगेको छ।  कपिलवस्तुमा  पनि १५ हजार टन क्षमताको निर्माण हुनेछ। पर्सा र कपिलवस्तुमा आगामी बैशाखभित्रै सञ्चालनमा आउने खनालले जानकारी दिए। 

कम्पनीले निर्माण गर्ने वेयरहाउसमा सुरुवाति चरणमा गहुँ र मकैमात्र भण्डारण हुने छ। अहिले निर्माण भएको पूर्वाधारले यसकै लागिमात्र काम गर्ने तर भविष्यमा माग भएबमोजिमका बाली भण्डारणका सुविधा थप गर्दै जाने खनालले जानकारी दिए। 

वेयरहाउसमा किसान तथा व्यवासयीहरूले आफ्नो उत्पादन भण्डारण गर्नसक्छन्। निश्चित शुल्क तिरेर भण्डारण गरेर बजारमा भाउ बढ्ने बेला बिक्री गर्ने अवसर पाउँछन्। भण्डारणमा राखिएको उत्पादनका आधारमा वेयरहाउस रिसिप्ट फाइनान्सिङ सुविधा लगायतका सुविधा दिने कम्पनीले जानकारी दिएको छ। 

उत्पादनको समयमा बजारमा भाउ नपाइने तर सुविधासम्पन्न भण्डारणको सुविधा नहुने भएकाले न्यून मूल्यमा बिक्री गर्न किसानहरू बाध्य हुन्छन्। यही बाध्यता अन्त्य गर्नका लागि वेयरहाउस सञ्चालनमा ल्याइएको कम्पनीका अध्यक्ष आनन्द बगरियाले जानकारी दिए। 

यो कम्पनीमा यसमा २३ जना प्रबर्द्धक रहेका छन्। निम्बस समूह यसको मुख्य प्रबर्द्धक हो। कम्पनीमा निम्बसको ३६ प्रतिशत सेयर रहेको छ।  त्यस्तै प्रोबायोटिको २८ प्रतिशत छ। यसमा एनएमबी बैंकको ३.६४ प्रतिशत, नेपाल पूर्वाधार विकास बैंकले ९.०९ प्रतिशत, शिखर इन्स्योरेन्सले १०.९१ प्रतिशत र आईएमई जेनरल इन्स्योरेन्सको ३.६४ प्रतिशत रहेको छ। 

कम्पनीले क्रेडिट रेटिङ पनि गराएको छ। इन्फोमेरिक्स नेपालले यो कम्पनीलाई डबल बी माइनस रेटिङ दिएको छ। 

आनन्दकुरमा अग्रवाल(बगरिया) अध्यक्ष रहेको यो कम्पनीको अवस्थितिको रणनीतिक लाभ धेरै हुने रेटिङ कम्पनीले उल्लेख गरेको छ। मधेस तथा लुम्बनी प्रदेशका धेरै उत्पादन हुने जिल्लामा हुने भण्डारण केन्द्रले पर्याप्त व्यापार पाउने छ। 

नेपालकै पहिलो सार्वजनिक कृषि वस्तु वेयरहाउसले आधुनिक प्रविधिसहितको सुविधा दिने उल्लेख गरेको छ। प्रविधिसँगै सुविधाले पनि किसान तथा उत्पादकहरूलाई आकर्षित गर्ने कम्पनीको विश्वास छ। 


प्रकाशित : सोमबार, पुस २५ २०७९०७:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend