शनिबार, साउन १२ गते २०८१    
images
images
images

बचतको ब्याजदरमा राष्ट्र बैंकको अंकुश

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज ३१ २०७८
images
images
बचतको ब्याजदरमा राष्ट्र बैंकको अंकुश

कुनै बैंकले नयाँ बचत योजना कार्यान्वयन गर्दा सबै प्रकारका बचत खाताको ब्याजदरमा समायोजन गर्नुपर्नेछ।

images

काठमाडौं- नेपाल राष्ट्र बैंकले बचत खाताको ब्याजदर परिवर्तनमा बैंकहरूलाई अंकुश लगाइदिएको छ। बैंक तथा वित्तीय संस्थाहरूले बचतको ब्याजदर मनपरीरूपमा परिवर्तन गर्दा कर्जाको ब्याजदर बढ्न थालेपछि राष्ट्र बैंकले बचत खाताको ब्याजदर परिवर्तनमा अंकुश लगाइदिएको हो।

images
images

राष्ट्र बैंकले हालै जारी गरेको निर्देशनअनुसार बचत खाताको ब्याजदर बढाउँदा वा नयाँ बचत खाता विकास गर्दा सबै प्रकारका बचत खाताको ब्याजदर बढ्ने र नयाँ रूपले ब्याजदर घटाउँदा सबै प्रकारका बचत खाताको ब्याजदर घट्ने गरी ब्याजदर समायोजन गर्नुपर्नेछ।

images

यो व्यवस्थाअनुसार अब कुनै बैंक तथा वित्तीय संस्थाले एउटा बचत खाताको ब्याजदर चलाउँदा स्वत: सबै प्रकारका बचत खाताको ब्याजदरमा परिवर्तन गर्नुपर्नेछ।

यसैगरी कुनै बैंकले नयाँ बचत योजना कार्यान्वयन गर्दा सबै प्रकारका बचत खाताको ब्याजदरमा समायोजन गर्नुपर्नेछ।

images

राष्ट्र बैंकले कल निक्षेप बाहेकका ब्याजदर प्रदान गरिने सबै प्रकारका स्वदेशी मुद्राका निक्षेप खातामा दिइने अधिकतम र न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशत विन्दू भन्दा बढीले फरक पार्न नहुने निर्देशन पनि दिएको छ। तर सामाजिक सुरक्षा भत्ता र अक्षय कोषको रकममा दिइने ब्याजदरमा भने यो सीमा लागु हुने छैन।

राष्ट्र बैंकको यो व्यवस्थाअनुसार अब कल निक्षेप बाहेक सबै प्रकारका निक्षेपबीचको ब्याजदरको अन्तर ५ प्रतिशत विन्दूभन्दा बढीले फरक हुने छैन।


प्रकाशित : आइतबार, असोज ३१ २०७८०१:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend