बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

आकर्षक लाभांशले अपी पावरको सेयर खरिदमा लगानीकर्ता झुम्मिँदा सेयर मूल्यमा उछाल

आइतबार, पुस २४ २०७९
आकर्षक लाभांशले अपी पावरको सेयर खरिदमा लगानीकर्ता झुम्मिँदा सेयर मूल्यमा उछाल

कम्पनीले हाल कायम चुक्ता पुँजी ३ अर्ब ८४ करोड ४९ लाख रुपैयाँको कुल ७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

काठमाडौं- अपी पावर कम्पनीले सेयरधनीलाई लाभांश दिने निर्णय गरेसँगै सेयर मूल्यमा उछाल आएको छ।

कम्पनीको गत बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ७ प्रतिशत बोनस दिने निर्णय गरेको थियो। यसका साथै बैठकले बोनसमा लाग्ने कर तिर्नको लागि ०.८९ प्रतिशत नगद लाभांश दिने पनि भएको छ।

कम्पनीले हाल कायम चुक्ता पुँजी ३ अर्ब ८४ करोड ४९ लाख रुपैयाँको कुल ७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

api 11.JPG

कम्पनीले लाभांश दिने निर्णय गरेपछिको पहिलो कारोबारमै उछाल आएको हो। आइतबार  १३.१० रुपैयाँ प्रतिकित्ता बढेर २६८ रुपैयाँमा अन्तिम कारोबार भएको छ। हाइड्रो पावर कम्पनीहरुले खासै लाभांश नदिने तर अपीले राम्रो लाभांश दिएपछि सस्तो मूल्यमा आएको सेयरमा लगानीकर्ता झुम्मिएका छन्। 

एकवर्ष अगाडि कम्पनीको सेयर मूल्य ५७५ रुपैयाँसम्म पुगेको थियो। पछि घटेर २०० रुपैयाँमा आएको कम्पनीको सेयर मूल्य पुनः बढेको हो। कम्पनीको आईतबार मात्रै १३ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। भने ५ लाख २० हजार कित्ता सेयर किनबेच भएको छ।


प्रकाशित : आइतबार, पुस २४ २०७९०९:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend