बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

आईएमई पे को कार्डबाट भुक्तानी गर्दा डेली ग्रोसरीमा १० प्रतिशतसम्म छुट

आइतबार, पुस २४ २०७९
आईएमई पे को कार्डबाट भुक्तानी गर्दा डेली ग्रोसरीमा १० प्रतिशतसम्म छुट

यसरी छुट पाउने रकम एकपटकमा अधिकदम २ सय रुपैयाँ हुनेछ।

काठमाडौं-  आईएमई पे र डेली ग्रोसरी सुपरमार्केटबीच सम्झौता भएको छ। 

सम्झौता अनुसार आईएमई पेका ग्राहकहरूले सामान खरिदमा छुट पाउने भएका छन्। आईएमई पे को भिसा कार्ड प्रयोग गरी डेली ग्रोसेरीमा किराना सामानहरू खरिद गर्दा  १० प्रतिशत छुट पाउने भएका छन्। 

यसरी छुट पाउने रकम एकपटकमा अधिकदम २ सय रुपैयाँ हुनेछ।

यो अफर आईएमई पे को कार्ड पीओएस मेसिनबाट भुक्तानी गर्दामात्र लागू हुने छ। 

काठमाडौं उपत्यकामा रहेका  २४ वटा डेली ग्रोसरीको आउटलेटहरुमा यो अफर लागू हुनेछ। आईएमई पेका ग्राहकले आइएमई पेको भिसा कार्ड नि:शुल्क लिनसक्छन्। 


प्रकाशित : आइतबार, पुस २४ २०७९०८:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend