बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार पुस २७ गतेदेखि सुरू

आइतबार, पुस २४ २०७९
नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार पुस २७ गतेदेखि सुरू

काठमाडौं-नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको पुस २७ गतेदेखि एकीकृत कारोबार सुरू हुने भएको छ।

नेपाल राष्ट्र बैंकले दुबै बैंकलाई मर्जरमा जान पुस १७ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो। दुबै बैंकको बैंकिङ सेवा पुस २५ र पुस २६ गते बन्द रहने समेत जनाइएको छ। 

दुबै बैंक १००ः९० को अनुपातमा मर्जरमा गएका हुन्। हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १९ अर्ब ३ करोड र मेगा बैंकको १६ अर्ब ७६ करोड रूपैयाँ छ। मर्जर पछि बन्ने बैंकको चुक्तापुँजी ३५ अर्ब रुपैयाँको हाराहारीमा पुग्नेछ।


प्रकाशित : आइतबार, पुस २४ २०७९०७:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend