आइतबार, असोज ७ गते २०८०    

संस्थापक सेयर किन्न आयस्रोत देखाउनुपर्ने

images
बिजनेस न्युज
संस्थापक सेयर किन्न आयस्रोत देखाउनुपर्ने

तर अहिलेको व्यवस्थाअनुसार पहिलोपटक सूचना प्रकाशित गरेर बिक्री नभएको सेयर फेरि सार्वजनिक सूचना प्रकाशित गरेर मात्रै बिक्री गर्न पाइन्छ। अर्थात् अन्य व्यक्ति वा संस्थालाई आपसी समझदारीमा संस्थापक सेयर बिक्री गर्न अब पाइने छैन। 

images

काठमाडौं- बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर किन्न चाहने व्यक्तिले आयस्रोत देखाउनुपर्ने भएको छ। राष्ट्र बैंकले हालै निर्देशन जारी गर्दै संस्थापक सेयर किन्न चाहिने रकमको आयस्रोत र त्यसको उपलब्धता सम्बन्धी अद्यावधिक विवरण पेश गर्नुपर्ने व्यवस्था गरिएको हो।

images

त्यसैगरी निर्देशन मार्फत् संस्थापक सेयर बिक्रीमा थप कडाइ गरिएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिँदै सार्वजनिक सूचना बिना आपसी समझदारीमा सेयर बिक्री गर्न नपाउने व्यवस्था गरिएको हो। 

images


यसअघिको व्यवस्थाअनुसार विद्यमान सेयरधनीले किन्न नचाहेमा संस्थापक सेयर बिक्री गर्न चाहने व्यक्तिले पैँतीस दिनको सूचना प्रकाशित गरी वा त्यसरी बिक्री नभए अध्यापकहरूबीच आपसी समझदारी गरेर सेयर बिक्री गर्न पाइन्थ्यो। 

images

तर अहिलेको व्यवस्थाअनुसार पहिलोपटक सूचना प्रकाशित गरेर बिक्री नभएको सेयर फेरि सार्वजनिक सूचना प्रकाशित गरेर मात्रै बिक्री गर्न पाइन्छ। अर्थात् अन्य व्यक्ति वा संस्थालाई आपसी समझदारीमा संस्थापक सेयर बिक्री गर्न अब पाइने छैन। 

images

'मृत्यु भई वा प्रचलित कानुन बमोजिम पारिवारिक अंशबन्डामा हक हस्तान्तरण भएको अवस्थामा बाहेक संस्थापक सेयरधनीले आफ्नो संस्थापक सेयर हस्तान्तरण गर्दा विद्यमान संस्थापक सेयरधनीलाई नै प्राथमिकता दिनुपर्नेछ। विद्यमान संस्थापक सेयरधनीहरुले उक्त सेयर खरिद गर्न नचाहेमा सोको लिखित जानकारी लिई अन्य समूह वा बाह्य व्यक्ति/संस्थालाई बेचबिखन गर्न सकिने छ,' निर्देशनमा भनिएको छ, 'सम्पूर्ण संस्थापकहरुको लिखित सहमति लिन सम्भव नभएमा सम्बन्धित बैंक/वित्तीय सस्था मार्फत राष्ट्रियस्तरको पत्रिकामा कम्तीमा ३५ दिनको सार्वजनिक सूचना प्रकाशन गरी जानकारी गराउने र सो अवधिभित्र विद्यमान संस्थापक सेयरधनीलेखरिद गर्न चाहेको लिखित जानकारी पेश हुन नआएमा मात्र प्रचलित कानुनको अधीनमा रही पुनः सार्वजनिक सूचना प्रकाशन गरी अन्य व्यक्ति/संस्थालाई बिक्री गर्न सकिने छ।'

 

images

प्रकाशित : आइतबार, असोज ३१ २०७८०८:२५
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ