बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

एटीएम कार्डको सुरक्षित प्रयोग कसरी गर्ने?

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस २४ २०७९
एटीएम कार्डको सुरक्षित प्रयोग कसरी गर्ने?

यस्ता समस्याबाट बच्न तथा समाधानका लागि केही सावधानी अपनाउनुपर्छ। 

काठमाडौं- के तपाईले बैंक तथा वित्तीय संस्थाको एटीएम कार्ड प्रयोग गरिरहनुभएको छ। यदि गर्नुभएको छ भने नगद झिक्दा वा भुक्तानी गर्दा यसको प्रयोग भइरहेको होला। 

मेसिन तथा सफ्टवेयरमा आधारित सेवा भएकाले एटीएमले सँधै सतप्रतिशत आउटपुट नदिन पनि सक्छ। 

पैसा काटिने तर नगद नआउने, भुक्तानी गर्दा खाताबाट पैसा काटिने तर जानुपर्ने ठाउँमा नजाने, कार्ड अड्किने जस्ता समस्या कहिलेकाही आइपर्छन्। 

यी त भए दैनिक समस्या। यी बाहेक तपाईको एटीएमको पिन चोरी हुने, अनधिकृत प्रवेश भइ आफ्नो पैसा हराउने जस्ता समस्या पनि हुनसक्छन्। 

यस्ता समस्याबाट बच्न तथा समाधानका लागि केही सावधानी अपनाउनुपर्छ। 

एटीएमको पिनकोड सँधैभरी गोप्य राख्नुपर्छ। कसैसँग पनि सेयर गर्न हुँदैन। त्यस्तै एटीएमको पिन थिच्दा वा पिनकोड अपरिचित व्यक्तिले थाहा पाउनेगरि कतै पनि खुलाउन हुँदैन। 

एटीएम प्रयोग भएपछि खाताबाट पैसा काटे नकाटेको सूचना मोबाइलमा आए नआएको परीक्षण गर्नुपर्छ। यदि आएन भने बैंकमा सम्पर्क गर्नुपर्छ। यसरी सम्मपर्क गर्नका लागि हरेक एटीएम बुथमा सम्पर्क नम्बर दिइएको हुन्छ। 

आफूले बैंकमा बुझाएको फोन नम्बर नै आफूसँग छ छै यकिन गर्नुपर्छ। खाता खोल्दा बैंकमा बुझाएको नम्बर परिवर्तन भएमा बैंकमा त्यसको अपडेट गराउनुपर्छ। 

 


प्रकाशित : आइतबार, पुस २४ २०७९०४:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend