शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

साढे पाँच महिनामा २६ हाइड्रो पावरमा ८४ अर्बको लगानी प्रतिबद्धता, कुनमा कति?

images
शनिबार, पुस २३ २०७९
images
साढे पाँच महिनामा २६ हाइड्रो पावरमा ८४ अर्बको लगानी प्रतिबद्धता, कुनमा कति?

पछिल्लो समय हाइड्रो पावरमा निजी क्षेत्रको लगानी बढ्दो छ। चालु आर्थिक वर्षको साढे ५  महिनामै करिब ८४ अर्ब लगानी गर्ने प्रतिबद्धता सहित २६ वटा कम्पनी दर्ता भएका छन्। 

images
images

काठमाडौं- पछिल्लो समय हाइड्रो पावरमा निजी क्षेत्रको लगानी बढ्दो छ। चालु आर्थिक वर्षको साढे ५  महिनामै करिब ८४ अर्ब लगानी गर्ने प्रतिबद्धतासहित २६ वटा कम्पनी दर्ता भएका छन्। 

images
images
images

साउनदेखि कात्तिक मसान्तसम्म ४५२ मेगावट बिजुली उत्पादन गर्नेगरी लगानी प्रस्ताव आएका हुन। २६ कम्पनीहरूले ८४ अर्ब १ करोड १६ लाख ८६ हजार ८ सय ६८ रुपैयाँ लगानीको प्रस्ताव गरेका छन्।

images
images

स्वतन्त्र ऊर्जा उत्पादक संस्था इप्पानका अध्यक्ष कृष्ण आचार्यले निजी क्षेत्रलाई पनि विद्युत व्यापारमा खुला गरिदिए अझै ठूलो लगानी आउने बताउँछन्। ‘अहिले पनि पीपीए रोकिएको छ, यसले निजी क्षेत्रलाई हतोत्साहित पारेको छ,’ आचार्यले भने। निजी क्षेत्र विद्युतमा खर्बौ लगानी भित्र्याउन  पहल गरिएको आचार्यले बताए। 

images
images

पछिल्लो समय भारतीय बजारमा नेपालबाट विजुली निर्यात हुन थालेपछि पनि निजी क्षेत्रको लगानी बढ्दो छ। साउनयता सुम्निमा हाइड्रोले ७७ करोड ६४ लाख लगानीमा ४.१० मेगावाट विजुली उत्पादन गर्ने जनाएको छ।

तामाकोसी जलविद्युतले ९९.८ मेगावाट क्षमताको आयोजना निर्माण गर्ने तयारी गरेको छ। कम्पनीले १६ अर्ब ४५ करोड लगानी गर्ने प्रस्ताव गरेको छ। कार्बनलेस इनर्जीले ५ अर्ब ९६ करोड लगानीमा ३०.४० मेगावाट विजुली उत्पादन हुँदैछ। त्यस्तै अरुण भ्याली हाइड्रोपावर २ अर्ब ५३ करोड लगानीमा १४.५ मेगावाट विजुली उत्पादन गर्ने भएको छ। एनएस के इनर्जीले १ अर्ब ३२ करोड लगानीमा ७.२५ मेगावाट विजुली उत्पादन गर्दैछ।

ओमेगा इनर्जी डेभलपरले ३ अर्ब लगानीमा १४ मेगावाट विजुली उत्पादन गर्दैछ। ट्रष्ट इनर्जी लिमिटेडले ५ अर्ब लगानीमा ३० मेगावाट विजुली उत्पादन गर्ने भएको छ। नुम्बुर दूधकुण्डले २ अर्ब १६ करोड लगानीमा ९.४८ मेगावाट विजुली उत्पादन गर्नेछ। यारु हाइड्रोपावरले ५ अर्ब ८१ करोड लगानीमा ३०.५९ मेगावट बिजुली उत्पादन गर्दैछ।

हलेसीले १ अर्ब ७ करोड लगानीमा ५.४ मेगावाट, गोर्खाज हिमालयन हाइड्रोले ८३ करोड ७८ लाख लगानीमा ४.७ मेगावाट, शिखर पावरले १ अर्ब ९ करोड लगानीमा ६.०५ मेगावाट, एलायन्स इनर्जीले ८८ करोड लगानीमा ४.५ मेगावाट विजुली उत्पादन गर्ने छ।

डाइनामिक पावरले ८४ करोड ३४ लाख लगानीमा ४.५ मेगावाट, मेवा डेभलपर्स लिमिटेडले २ अर्ब लगानीमा ९.३० मेगावाट, सिल्क पावरले ४ अर्ब ४० करोड लगानीमा २४.८८ मेगावाट, बाग्मती इनर्जीले १ अर्ब ३५ करोड लगानीमा ६.५ मेगावाट बिजुली उत्पादन गर्दैछ।

माउन्टेन इनर्जीले १ अर्ब ६१ करोड लगानीमा १२ मेगावाट, डायनामिक हाइड्रोले ५ अर्ब ९१ करोड लगानीमा ४० मेगावाट, माथिल्लो मैलुङ खोलाको २ अर्ब ३४ करोड लगानीमा १३ मेगावाट, दोर्दीखोलाको आयोजनाले ५ अर्ब १७ कारोड लगानीमा २३.७० मेगावाट, र दोर्दी खोलाकै सुपर इन्खु पनि ४ अर्ब ८४ करोड लगानीमा २२.१२ मेगावाट विजुली उत्पादन गर्ने भएको छ।

यसैगरी सुपर घलेम्दी हाइड्रो पावर प्रालिले १ अर्ब ८७ करोडको लगानीमा ९.१४ मेगावाट विजुली उत्पादन गर्ने भएको छ। साथै संखुवासभा पावर डेभलपमेन्ट प्रालि (सुपर सभाखोला ए जलविद्युत आयोजना)ले ९.५५ मेगावाट विजुली उत्पादन गर्ने प्रतिबद्धता गरेको छ। यसैगरी ओम पावर कम्पनी प्रालि (ठुलीगाड खोला जलविद्युत आयोजना)ले ३ अर्ब ८७ करोड ७६ लाख रुपैयाँमा १७ मेगावाट विजुली उत्पादन गर्ने भन्दै उद्योग दर्ता भएको छ।

 

 


प्रकाशित : शनिबार, पुस २३ २०७९१०:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend