बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

एलिट क्यापिटलको पहिलो साधारणसभा सम्पन्न, अध्यक्षमा दिनेश आचार्य

शुक्रबार, पुस २२ २०७९
एलिट क्यापिटलको पहिलो साधारणसभा सम्पन्न, अध्यक्षमा दिनेश आचार्य

काठमाडौं- एलिट क्यापिटल लिमिटेडको प्रथम साधारणसभा शुक्रबार सम्पन्न भएको छ। काठमाडौंको शंकर होटलमा भएको साधारणसभाले नयाँ सञ्चालक समितिसमेत निर्वरोध चयन गरेको छ।

नवनिर्वाचित सञ्चालक समितिमा अध्यक्ष दिनेश आचार्य, सञ्चालकहरु बोधप्रसाद त्रिपाठी, राजन लम्साल र कुमार पौडेल निर्वाचित भएका हुन्।

गत वर्ष स्थापना भएको सो संस्था सेयर बजारका सक्रिय लगानिकर्ताहरुको सहकार्यमा गैरआवासीय नेपालीहरुको लगानीमा सञ्चालित छ।

मर्चेन्ट बैंकरको रुपमा कारोबार सुरू गर्ने तयारी गरिरहेको सो क्यापिटललाई नेपाल धितोपत्र बोर्डले सञ्चालनका लागि सैद्धान्तिक सहमती (एलओआई) दिइसकेको छ।

क्यापिटलले लगानी ब्यवस्थापन, कर्पोरेट एडभाईजरी, अन्डरराईटिङ र डीपी खाता सञ्चालन सेवा प्रदान गर्ने तयारी गरिरहेको छ। 

वाणिज्य बैंकहरुको मर्जरका कारण पछिल्लो समय आधा दर्जन बढी मर्चेन्ट बैंकर घटिसकेको छ। सिभिल क्यापिटल, सेन्चुरी क्यापिटल, एनबी क्यापिटल, बीओके क्यापिटल, जनता क्यापिटल, समृद्धि क्यापिटल, कृति क्यापिटल र मेगा क्यापिटल मर्जर भएर खारेजीमा गैसकेका छन्। 

मर्चेन्ट बैंकरको सङ्ख्या घटिरहेको बेला सेयर मार्केटका चर्चित लगानीकर्ताहरुको पहलमा एलिट क्यापिटल सञ्चालनमा आएको छ।


प्रकाशित : शुक्रबार, पुस २२ २०७९१४:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend