शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

वित्तीय प्रणालीमा नयाँ रेकर्ड, ५३ खर्ब पुग्यो निक्षेप

शुक्रबार, पुस २२ २०७९
वित्तीय प्रणालीमा नयाँ रेकर्ड, ५३ खर्ब पुग्यो निक्षेप

काठमाडौं- पछिल्लो वित्तीय प्रणालीमा पैसा आउने क्रम बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा झन्डै ५३ खर्ब २ अर्ब निक्षेप पुगेको छ।

बैंकहरूमा शुक्रबार साँझसम्म ५३ खर्ब २ अर्ब निक्षेप पुगेको हो। बिहीबारसम्म ५२ खर्ब ९५ अर्ब रहेको निक्षेप एकैदिन ७ अर्ब निक्षेप थपिएको छ। यता ऋण प्रवाह ४७ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ। 

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूमा निक्षेप ४६ खर्ब ७५ अर्ब पुगेको छ भने वाणिज्य बैंकहरूबाट ऋण ४७ खर्ब ६७ अर्ब ऋण प्रवाह भएको छ। 

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूको कर्जा निक्षेप अनुपात (सीडी) रेसियो ८६.५६ प्रतिशत रहेको छ। बैंकहरूले ९० प्रतिशतको कर्जा निक्षेप अनुपातसम्म कर्जा दिन सक्ने भएकोले उनीहरूले थप करिब २ खर्ब ५० अर्ब कर्जा दिन सक्ने देखिन्छ। 

यता अन्तरबैक ब्याजदर पनि ६.८३ प्रतिशतमा पुगेको थियो। पुसपछि तरलतामा झनै समस्या आउने देखिएपछि सरकारले बैंकहरूलाई स्थानीय तहको सञ्चिति कोषको रकम असार मसान्तसम्म निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको छ। जसका कारण पनि वित्तीय प्रणालीमा राहत हुने देखिएको छ। 


प्रकाशित : शुक्रबार, पुस २२ २०७९१२:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend