बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

रियल सेक्टर दाेस्राे बजारमा ल्याउनका लागि बजार फेयर हुन आवश्यक छ : अध्यक्ष हमाल

शुक्रबार, पुस २२ २०७९
रियल सेक्टर दाेस्राे बजारमा ल्याउनका लागि बजार फेयर हुन आवश्यक छ : अध्यक्ष हमाल

काठमाडौं- नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष रमेश कुमार हमालले उचित प्रतिस्पर्धा गरेर रियल सेक्टरलाई बजारमा ल्याउनसके मात्रै दाेस्राे बजारमा थप आकर्षण बढ्ने बताएका छन्।

स्टक ब्राेकर्स एशोसिएन अफ नेपालकाे २८ औँ वार्षिक साधारणसभा कार्यक्रममा बाेल्दै अध्यक्ष हमालले त्यसका लागि बजार फेयर हुन आवश्यक रहेकाे बताए। उनले सचेतना कार्यक्रम अब रिजल्टमा देखिनेगरी लाग्नुपर्ने बताउँदै आफूहरू नयाँ मोडलमा जान लागेको समेत बताए।

अध्यक्ष हमालले फेयर मार्केटले मात्र बजारलाई सकारात्मक बनाउने बताए। अब ब्रोकर शाखा विस्तारको लागि समिति बनाएर २१ दिनभित्र शाखा खोल्न सकिनेसमेत उनले बताए।

उनले कम्पनीहरूको मर्जरका बेला १५ दिनको मात्र कारोबार बन्द गर्ने काम निकै प्रभावकारी हुँदै जानेसमेत बताए।

अब २ सय ३५ कम्पनीबाट विस्तार भएर धितोपत्र बजारमा १ हजार कम्पनी हुने दाबीसमेत अध्यक्ष हमालले गरेका छन्।


प्रकाशित : शुक्रबार, पुस २२ २०७९१०:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend