बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

प्रभु र सेञ्चुरी बैंकको एकीकृत कारोबार पुस २६ देखि

शुक्रबार, पुस २२ २०७९
प्रभु र सेञ्चुरी बैंकको एकीकृत कारोबार पुस २६ देखि

काठमाडौं- प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकको एकीकृत कारोबार यही पुस २६ देखि हुने भएको छ।

नेपाल राष्ट्र बैंकले आज एक सूचनामार्फत् प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी एकीकृत कारोबार यही पुस २६ देखि  गर्ने गरी तय भएको जनाएको हो। दुई बैंक एकआपसमा गाभिएपछि प्रभु बैंकका नामबाट एकीकृत कारोबार हुनेछ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन)सम्बन्धी विनियमावली, २०७३ (पाँचौँ संशोधन २०७९) को विनियम ११ को उपविनियम (७) बमोजिम रहेको जनाएको छ।
 
दुवै बैंकबीच एक बराबर एक अनुपातमा मर्ज हुने भएका हुन्। मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीइओमा सेञ्चुरी बैंकका सीइओ मनोज न्यौपाने बन्नेछन्।

प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच गत साउन १५ मा मर्जर सम्झौता भएको थियो। प्रभु बैंकले पनि आज सूचना जारी गर्दै एकीकृत कारोबार हुनअघि डाटा माइग्रेसन प्रयोजनका लागि चार दिन सम्पूर्ण सेवा बन्द हुने जनाएको छ।

बैंकले जारी गरेको सूचनाअनुसार आज राति १० बजेदेखि २६ गते बिहान १० बजेसम्म दुवै बैंकले विभिन्न शाखाबाट प्रदान गर्दै आइरहेको सम्पूर्ण सेवा बन्द रहने जनाएका हुन्। प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड छ भने सेञ्चुरी बैंकको चुक्ता पुँजी नौ अर्ब ५५ करोड छ।  


प्रकाशित : शुक्रबार, पुस २२ २०७९०९:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend