बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार माघ १८ देखि

शुक्रबार, पुस २२ २०७९
हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार माघ १८ देखि

काठमाडौं- हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार माघ १८ गतेबाट हुने भएको छ। प्राप्ति प्रक्रियालाई स्वीकृत गर्न दुवै बैंकले यही पुस २८ गते आआफ्नो वार्षिक साधारणसभा गर्दैछन्। 

पुस मसान्तपछि एकीकृत कारोबार गर्दा पनि मर्जर प्रयोजनका लागि दिने गरी राष्ट्र बैंकले सहमति दिएको छ। 

यी दुई बैंकबीच असार २९ गते प्राप्ति गर्नेसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। सम्झौतामा हिमालयन बैंकका तर्फबाट अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका थिए।

 


प्रकाशित : शुक्रबार, पुस २२ २०७९०४:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend