बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

लाभांश नदिए पनि दोस्रो बजारमा एनआईसी एसियाको सेयर मूल्य किन लगातार बढ्यो?

शुक्रबार, पुस २२ २०७९
लाभांश नदिए पनि दोस्रो बजारमा एनआईसी एसियाको सेयर मूल्य किन लगातार बढ्यो?

काठमाडौं- लाभांश नदिए पनि एनआईसी एसियाको सेयर मूल्य लगातार बढिरहेको छ। नबिललाई उछिन्दै दोस्रो बजारमा एनआईसी एसियाको सेयर मूल्य महँगो भइरहेको छ। 

एनआइसी एसियाको सेयर मूल्य बिहीबारपनि ६ रुपैयाँले बढेर ७९० रुपैयाँमा कारोबार भएको छ। पछिल्लो सातादेखिनै बैंकको सेयर मूल्य लगातार बढिरहेको छ।

adbl.JPG

कम्पनीको यसअघि सबैभन्दाबढी ९३५ रुपैयाँमा कारोबार भएको थियो।  भने सबैभन्दा सस्तो ६०० रुपैयाँसम्म आएको थियो। एनआईसीले लगानीकर्तालाई लगातार दोस्रो वर्षपनि लाभांश नदिने निर्णय गरिसकेको छ। एनआईसी एसियाको बिहीबार १ लाख ५० हजार कित्ता कारोबार हुँदा ११ करोड ८४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। 

एनआईसी एसियाको बजार पुँजीकरण ९१ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। एनआईसी एसियाले ११ अर्ब ५६ करोड रुपैयाँ रहेको छ। 
 
एनआईसी एसिया बैंकले पहिलो ३ महिनामै १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ। जुन वार्षिक बिन्दुगत आधारमा ४९ प्रतिशतले बढी हो। गत वर्ष १ अर्ब १८ करोड रुपैयाँ नाफा गरेको थियो। 

बैंकले पहिलो त्रैमासमा ३ खर्ब ८ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७३ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको स्व–पूँजीमा प्रतिफल २६.५५ प्रतिशत र वार्षिक प्रतिसेयर आम्दानी ५९.६२ रुपैयाँ छ।


प्रकाशित : शुक्रबार, पुस २२ २०७९०१:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend