बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

संशोधित चालु पुँजी कर्जा मार्गदर्शनमा यस्ता छन् १० विशेषता

बुधबार, पुस २० २०७९
संशोधित चालु पुँजी कर्जा मार्गदर्शनमा यस्ता छन् १० विशेषता

काठमाडौं- सरकार, उद्योगी र राष्ट्र बैंकबीचको लामो रस्साकस्सीपछि नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन २०७९ संशोधन गरेको छ। मौद्रिक नीतिको मध्यावधि समीक्षाअघि नै राष्ट्र बैंकले मार्गदर्शन संशोधन गरेको हो।

गत कात्तिक १ गतेदेखि लागु भएको यो मार्गदर्शन कार्यान्वयनमा सहजीकरण होस् भनेर संशोधन गरिएको राष्ट्र बैंकले जनाएको हो। चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधनका लागि सरकार र राष्ट्र बैंकलाई निजी क्षेत्रबाट चर्को दबाब थियो।

यस्तो छ संशोधित मार्गदर्शनको मुख्य विशेषता

१) एक करोडसम्मको चालु पुँजी कर्जामा कारोबार वा बिक्रीको २० प्रतिशत वा ४० प्रतिशतको अधिकतम सीमा लाग्नेछ। बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो कर्जा नीतिको अधिनमा रही प्रवाह गर्न सक्ने। 

२) एक करोडदेखि २ करोडसम्मको चालु पुँजी कर्जामा कारोबार वा बिक्रीको २५ प्रतिशतको सीमालाई ४० प्रतिशतको अधिकतम सीमा बनाइएको छ। बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो कर्जा नीतिको अधीनमा रही प्रवाह गर्न सक्ने। 

३) दुई करोडभन्दा बढी चालु पुँजी कर्जामा कारोबार वा बिक्रीको २५ प्रतिशत को सीमा अस्ठायी चालु पुँजीको लागि यथावत र स्थायी चालु पुँजीको लागि कम्तिमा ५ वर्षको कर्जा प्रवाह गर्नुपर्ने नियमलाई ३ देखि १० वर्षको बनाइयो। 

४) चालु पुँजीको आबधिक सीमा निर्धारण गर्दा ५ वर्षको अनुमानित विवरण को सट्टा ३ वर्षको वित्तीय विवरण विश्लेषण गर्ने गरी परिमार्जन गरियो। लेखापरीक्षण गरिएको ३ वर्षको विवरण यथावत छ।

५) पाँच करोडभन्दा बढी चालु पुँजी कर्जा उपभोग गर्ने ऋणीले चालु सम्पत्ति तथा दायित्वको मासिक विवरण पेश गर्नुपर्ने लाई त्रैमासिक र आन्तरिक लेखापरीक्षण गरेको विवरण त्रैमासिक पेश गर्नुपर्नेलाई अर्धवार्षिक बनाइएको छ।

६) कर्जा अधिकारीले चालु पुँजी प्रमाणित गरि राख्नुपर्नेलाई विश्लेषण गरी राख्नुपर्ने साथै यकिन गर्नुपर्नेलाई निरिक्षण गर्नुपर्ने गरि व्यवहारिक बनाइएको छ।

७) एक पटकभन्दा बढी तदर्थ आधारमा कर्जा आवश्यकता परेमा बैंकको संचालक समितिबाट निर्णय गराइदिन सकिने व्यवस्था थप गरिएको छ। 

८) प्रत्येक त्रैमासमा अन्तिम महिनामा थप कर्जा सीमा प्रदान गर्न नपाइने तर नवीकरण गर्न बाधा नपर्नेसमेत उल्लेख गरिएको छ। 

९) २०७९ कात्तिक १ गतेभन्दा पूर्व प्रदान गरिएको चालु पुँजी कर्जा पहिलोपटक पुनरावलोकन वा नवीकरण गर्दा अस्थायी र स्थायी चालु पुँजी कर्जामा वर्गीकरण गर्दा पुनर्तालिकीकरण वा पुनर्संरचनामा गणना नगरिने व्यवस्था गरिएको छ। 

१०) २०७९ कात्तिक १ भन्दा पूर्व प्रदान गरिएको चालु पुँजी कर्जा पुस मसान्त २०७९ बाट आधार लिइ ६/६ महिनामा १० प्रतिशत २० प्रतिशत २० प्रतिशत २० प्रतिशत ३० प्रतिशत गरी २०८२ असार मसान्तसम्म भुक्तानी गर्ने गरी आवधिक कर्जा शीर्षक मा परिवर्तन गरी चुक्ता गर्न पाइनेछ।


प्रकाशित : बुधबार, पुस २० २०७९१२:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend