बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सस्तो मूल्यमा आएपछि दोस्रो बजारको ‘हटकेक’ नेपाल पुनर्बीमा कम्पनीमा उछाल, कतिसम्म पुग्ला?

बिहीबार , पुस २१ २०७९
सस्तो मूल्यमा आएपछि दोस्रो बजारको ‘हटकेक’ नेपाल पुनर्बीमा कम्पनीमा उछाल, कतिसम्म पुग्ला?

काठमाडौं- नेपाल पुनर्बीमा कम्पनीले पछिल्लो दुई दोस्रो बजारमा एकछत्र राज गरेको थियो। पछिल्लो समय भने कम्पनीको सेयर मूल्य लगातार घटिरहेको थियो। तर नयाँ सरकार आएपछि बजार बढेसँगै पुनर्बीमा कम्पनीको सेयरमा पनि उछाल आएको छ। कम्पनीको सेयर मूल्य घटेर ६५७.१० रुपैयाँसम्म आएको थियो। 

पछिल्लो एक महिनामै कम्पनीको सेयर मूल्य प्रतिकित्ता झन्डै २ सय रुपैयाँले बढेको छ। कम्पनीको सेयर मूल्य बुधबार नै प्रतिकित्ता ३८ रुपैयाँले बढेर ८३५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। कम्पनीको बुधबार ९ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ। १ लाख १६ हजार कित्ता कारोबार भएको छ। 

nric 1.JPG

नेपाल स्टकएक्सचेन्ज (नेप्से) का अनुसार गत वर्षको सबैभन्दा धेरै कारोबार हुने सूचीमा पुनर्बीमा कम्पनी परेको थियो। एक वर्षमा कम्पनीको सेयर मूल्य न्यूनतम ५९१ रुपैयाँमा कारोबार भएको थियो भने उच्चतम २०१० रुपैयाँसम्म पुगेको थियो। कम्पनीले दुईवर्ष अगाडि कम्पनीले गत वर्ष १९ प्रतिशत लाभांश दिएको थियो। गतवर्ष घटेर ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

कम्पनीले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको चुक्तापुँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। 

पहिलो पुनर्बीमा कम्पनीको रुपमा नेपालमा भित्रिएको यस कम्पनीले २०७६ साल चैत ४ गतेदेखि ७ गतेसम्म आईपीओ जारी गरेको थियो। कम्पनीको चुक्तापुँजी बढाउने रणनीतिसमेत रहेको छ। जसमा आगामी वर्ष हकप्रद दिनेगरी छलफल थालेको छ। 

कम्पनीले केही वर्षभित्रै २० अर्ब रुपैयाँ चुक्तापुँजी पुर्‍याउने नीतिसमेत लिएको छ। कम्पनीले १ः१ को अनुपातमा हकप्रद दिएर चुक्तापुँजी बढाउने रणनीतिमा रहेको छ। कम्पनीको हाल बजार पुँजीकरण ८० अर्ब ३७ करोड रुपैयाँमा झरेको छ। गतवर्षसम्म कम्पनीको बजार पुँजीकरण डेढ खर्ब रुपैयाँसम्म पुगेको थियो। 


प्रकाशित : बिहीबार , पुस २१ २०७९०२:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend