सोमबार, वैशाख २४ गते २०८१    
images
images

एमजीको नयाँ विद्युतीय कार ‘एमजी फोर ईभी’ अटो एक्सपोमा सार्वजनिक हुने निश्चित

images
images
images
एमजीको नयाँ विद्युतीय कार ‘एमजी फोर ईभी’ अटो एक्सपोमा सार्वजनिक हुने निश्चित

एमजीले अटो एक्सपो २०२३ मा विद्युतीय कारका मोडलका साथै ‘इनर्जी भेहिकल तथा सस्टेनेवल ड्राइभिङ सोसुसन्स’ नामक सिस्टम पनि सोकेस गर्ने तय भएको छ।

images
images

काठमाडौं- एमजी मोटरले भारतको ग्रेटर नोयडामा आगामी सातादेखि सुरु हुने अटो एक्सपोमा नयाँ विद्युतीय कार सार्वजनिक गर्ने तय गरेको छ। एमजी फोर नाम दिइएको उक्त कार भारतीयसहित नेपाललगायत बजारलाई लक्षित गरेर उक्त कार सार्वजनिक गर्ने भएको हो। 

images
images
images

एमजी फोरले युरोपमा फक्सवागन आईडी थ्री तथा किया निरो ईभीसँग समेत प्रतिस्पर्धा गर्ने अनुमान गर्न थालिएको छ। छ। एमजी फोरले एक पटकको फुल चार्जमा ४ सय ५० किलोमिटर रेन्ज दिने दाबी कम्पनीले गरेको छ। 

images

एमली फोर विद्युतीय कार चीनमा भने एमजी मुलान नाममा बिक्री भइरहेको छ। बेलायती ब्रान्ड एमजी (मोरिस ग्यारेज) केही वर्षअघि चिनियाँ कम्पनी एसएआईसीले किनेको थियो। एमजी फोर विद्युतीय ह्याचब्याक कार एसएआईसीले बनाएको मोडुलर स्केलवल प्लेटफर्म (एमएसपी)मा आधारित रहेर बनेको हो। 

images

यो प्लेटफर्मले विद्युतीय कारको भविष्यमा नयाँ आयाम थप्ने विश्वास कम्पनीले लिएको छ। सो मोडुलर प्लेटफर्म अन्तर्गत उत्पादन हुने कारमा ४० देखि १५० केडब्लूएचको ब्याट्री हुनेछ। एमजी फोर निक्कै आकर्षक डिजाइनमा बनाइएको छ। 

images
images

युरोपमा एमजी फोर १६७ एचपी र २०१ एचपी अप्सनमा बिक्री हुनेछ। यो पावरको कार सिंगल मोटरवाला हुनेछ। फोर ह्वील ड्राइभ कारमा दुई वटा मोटर हुने र यसले ४४३ एचपी पावर दिन्छ। अटो एक्सपो २०२३ मा सार्वजनिक हुने एमजी फोर भने ५१ व ६४ किलोवाट आवरको ब्याट्री अप्सनमा आउनेछ। 

एमजी फोरले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ७.९ सेकेन्डमा भेट्नेछ भने अधिकतम गति १ सय ६० किलोमिटर रहेको दाबी कम्पनीको छ। १६७ एचपी पावरयुक्त कारमा ५१ केडब्लूएचको ब्याट्री हुने र यसले ३ सय ५० किलोमिटर रेन्ज दिनेछ। त्यस्तै २०१ एचपी र ४४३ एचपी भेरियन्टमा ६४ केडब्लूएनको ब्याट्री हुने र यी कारले ४ सय ५० किलोमिटरसम्म माइलेज दिने दाबी कम्पनीको छ। तर यो कार भने तत्काल भारतमा आउने छैन। 

यो कारमा लिथियम आयन फोसफेट (एलएफपी) वा लिथियम निकेल म्यागनेस बोकल्ट (एलएनएमसी) ब्याट्री सेल हुने भन्ने खुलाइएको छैन। एमजीले भारतमा एमजी जेडएस ईभी कार बिक्री गर्दै आएको छ। अटो एक्सपो २०२३ मा सोकेस गरिने कार कहलेदेखि भारतीय बजारमा बिक्रीका लागि आउने भन्ने खुलेको छैन। तर भारतलगायत एसियाली बजारमा विद्युतीय कारको माग उल्लेख्य रुपमा बढेकाले एमजीले सक्दो छिटो एमजी फोर उत्पादन गरि बिक्रीका लागि ल्याउने छ।  

एमजीको विद्युतीय कार एमजी जेडएस ईभी नेपाली बजारमा समेत उल्लेख्य संख्यामा बिक्री भएको थियो। २०२१ अप्रिलदेखि २०२२ मेसम्म नेपाली बजारमा एमजी जेडएस ईभी करिब ७ सय वटा बिक्री भएको थियो। तर पछिल्लो समय सप्लाइ चेनमा समस्या हुँदा कार नेपाल आउन सकेको थिए।

तर सरकारले जेठ १४ मा ल्याएको बजेटबाट १ सय किलोवाटभन्दा माथि मोटर भएका विद्युतीय कारमा कर बढाएका कारण एमजीको जेडएस ईभी नेपाल आउन सकेको थिएन। अब भने नेपालका लागि आधिकारिक बिक्रेता कम्पनीले जेडएस ईभी नेपाल ल्याउने प्रक्रिया सुरु गरिसकेको छ। 

एमजीले भारतमा नयाँ साना आकारको विद्युतीय कार एमजी एयरसमेत ल्याउँदै छ। भारतमा सार्वजनिक भएपछि र त्यहाँको बजारमा बिक्री सुरुसँगै एमजीका दुवै विद्युतीय कार नेपाली बाजरमा आउने छन्। 

एमजीले अटो एक्सपो २०२३ मा विद्युतीय कारका मोडलका साथै ‘इनर्जी भेहिकल तथा सस्टेनेवल ड्राइभिङ सोसुसन्स’ नामक सिस्टम पनि सोकेस गर्ने तय भएको छ। त्यस्तै एमजीले आइसी इन्जिनयुक्त कारका केही मोडल सार्वजनिक गर्ने जनाएको छ। 

images

प्रकाशित : बुधबार, पुस २० २०७९१०:५४

प्रतिक्रिया दिनुहोस