बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

आइएमई पेबाट आईएमई लाइफ इन्सोरेन्सको बीमा प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म क्यासब्याक

बुधबार, पुस २० २०७९
आइएमई पेबाट आईएमई लाइफ इन्सोरेन्सको बीमा प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म क्यासब्याक

काठमाडौं- आइएमई पे र आईएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडवीच सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार आईएमई लाइफ इन्सोरेन्स कम्पनीका सेवाग्राहीहरूले आइएमई पे वालेटबाट बीमा प्रिमियम  भुक्तानी गर्दा १ हजार रुपैयाँसम्म क्यासब्याक पाउने भएका छन्।

सम्झौता कार्यक्रममा पेका प्रमुख व्यापार अधिकृत प्रमोद मान सिंह बस्नेतले यो सम्झौतासँगै डिजिटल वालेटको माध्यमबाट बीमा प्रिमियम भुक्तानी गर्न ग्राहकहरुलाई प्रोत्साहन मिल्ने बताए। 

सम्झौता पश्च्यात आईएमई लाइफ इन्स्योरेन्सका प्रयोगकर्ताहरूले नेपालभरि जहाँबाट पनि सजिलै आइएमई पेबाट प्रिमियम भुक्तानी गर्न सक्नेछन्। 
प्रयोगकर्ताले भुक्तानी गरेपछि . १००० को बोनस तुरुन्तै प्राप्त गर्न सक्नुका प्रयोगकर्ताले तोकिएको मितिभन्दा अघि वा तोकिएको मितिपछि जुनसुकै दिनमा प्रिमियम तिर्दा बोनस प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ। 


प्रकाशित : बुधबार, पुस २० २०७९०६:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend