शनिबार, साउन १२ गते २०८१    
images
images
images

बलियो हुँदै अमेरिकी डलर, १० महिनायताकै महँगो

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज २९ २०७८
images
images
बलियो हुँदै अमेरिकी डलर, १० महिनायताकै महँगो

डलरको भाउ बढ्द नेपाली अर्थन्त्रलाई लाभभन्दा हानी धेरै हुने गरेको छ। डलरको भाउ बढ्दा नेपाल आउने रेमिट्यान्समा सामन्य वृद्धि हुन्छ। तर आयातमा आधारित अर्थतन्त्र भएका कारणले गर्दा हरेक वस्तुको मूल्य बढ्नसक्छ। 

images

काठमाडौं- नेपाली मुद्राको तुलनामा अमेरिकी डलर बलियो हुँदै गएको छ। 

images
images

सन् २०२१ को जनवरीदेखि हालसम्मकै उच्च मूल्य असोज २७ गते कायम भएको थियो। उक्त दिन डलरको मूल्य १२१.१२ रुपैयाँ पुगेको थियो। 

images

नेपाल राष्ट्र बैंकका अनुसार नेपालमा अमेरिकी डलरको भाउ गएको १० महिनाकै उच्च भएको छ। 

पछिल्लो एक हप्ता डलरको भाउ १२० रुपैयाँमाथि रहेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलरको भाउ १२० रुपैयाँ ७२ पैसा पुगेको छ। 

images

अन्तर्राष्ट्रिय बजारमा पनि डलर बलियो हुँदै आएको छ। युरोको तुलनामा अमेरिकी डलर १४ महिना यताकै बलियो भएको रोयटर्सले समाचार लेखेको छ। उर्जाको मूल्य बढ्दै गएको र अर्कोतिर डलर पनि बलियो हुँदै आएको छ। 

डलरको भाउ बढ्द नेपाली अर्थन्त्रलाई लाभभन्दा हानी धेरै हुने गरेको छ। डलरको भाउ बढ्दा नेपाल आउने रेमिट्यान्समा सामन्य वृद्धि हुन्छ। तर आयातमा आधारित अर्थतन्त्र भएका कारणले गर्दा हरेक वस्तुको मूल्य बढ्नसक्छ। 

वैदेशिक लगानी तथा ऋणको मात्रा नगन्य भएका कारणले नेपाली अर्थतन्त्रले रेमिट्यान्सको भाउ बाहेक अरु केही लाभ लिने अवस्था छैन। डलरको मूल्य बढ्दा वैदेशिक रोजगारीमै जाने लागतमा पनि वृद्धि हुनसक्छ। हवाइ यात्रा महँगो हुने भएकाले गर्दा रोजगारीको लागत बढ्छ। 

निर्यात धेरै नहुने भएकाले नेपालले निर्यातमा हुने लाभ पनि लिन पाउँदैन। 


प्रकाशित : शुक्रबार, असोज २९ २०७८०४:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend