बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

लक्ष्मी र सनराइज बैंक मर्जरमा जाने, स्वाप रेसियो कति?

बुधबार, पुस २० २०७९
लक्ष्मी र सनराइज बैंक मर्जरमा जाने, स्वाप रेसियो कति?

पुसभित्र मर्जर गरी एकीकृत कारोबार गरेमा राष्ट्र बैंकले विभिन्न सुविधा दिने भएकाले लक्ष्मी र सनराइज बैंक पनि मर्जरमा जाने अन्तिम छलफलमा रहेका छन्। 

काठमाडौं- वाणिज्य बैंकहरु एकपछि अर्को मर्जर जाने सम्झौता गरिरहेकाबेला दुई वाणिज्य बैंक लक्ष्मी बैंक र सनराइज बैंक पनि मर्जरमा जाने भएका छन्। दुई बैंकबीच अर्को साता गाभ्ने गाभिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरेका छन्। 

पुसभित्र मर्जर गरी एकीकृत कारोबार गरेमा राष्ट्र बैंकले विभिन्न सुविधा दिने भएकाले लक्ष्मी र सनराइज बैंक पनि मर्जरमा जाने अन्तिम छलफलमा रहेका छन्। 

मर्जरपछि बन्ने बैंकको अध्यक्ष लक्ष्मीले पाउने र प्रमुख कार्यकारी अधिकृत (सीईओ) दुवै बैंकबाट सहमतिमा राखिने तयारी छ।  मर्जरपछि बन्ने बैंकको नाम भने सहमति भएको छैन। दुई बैंकबीच सम्भवत १ः१ को स्वाप रेसियोमा मर्जर गर्ने सहमतिमा पुगेका छन्। 

यसअघि प्रभु बैंक र सेञ्चुरी कर्मसियल बैंक मर्ज भएर प्रभु बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक मर्ज भएर नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्ज भएर ग्लोबल आइएमई बैंकका रूपमा पुसभित्र एकीकृत कारोबार गर्ने कार्यसूची सार्वजनिक गरिसकेका छन्।

उता, हिमालयन बैंक र सिभिल बैंकले पनि मर्जर भएर माघ तेस्रो साता एकीकृत कारोबार गर्ने गरी तयारी गरिरहेका छन्। नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई मर्जरमा जान दिएको समयसीमा पुस मसान्तमा सकिँदैछ। 
 
राष्ट्र बैंकको इकोनोमिक रिसर्च डिपार्टमेन्टले गरेको अध्ययन प्रतिवेदनमा नेपालमा वाणिज्य बैंकहरू धेरै भएकाले मर्जरको नीतिमार्फत घटाउने र बलिया बैंक बनानुपर्ने निष्कर्ष निकालेको थियो।  

प्रतिवेदन कार्यान्वयन गर्नेगरी राष्ट्र बैंक नेतृत्व अगाडि बढेको थियो। अध्ययनअनुसार नेपालमा ११ देखि १५ वटा वाणिज्य बैंक उपयुक्त हुने निष्कर्ष निकालेको थियो। हाल नेपालमा २६ वटा वाणिज्य बैंकहरू छन्। तत्कालीन गभर्नर चिरञ्जिवी नेपालले चुक्तापुँजी ८ अर्ब पुर्‍याएसँगै वणिज्य बैंकहरू मर्जरमा गएका थिए। 

नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले १५ वटाभन्दा बढी बैंक नचाहिने निष्कर्ष निकालेको थियो। सरकारले एक दशक देखि मर्जरको लागि सहुलियतको नीतिले ३२ बाट वाणिज्य बैंकको संख्या २७ मा झरेको थियो।

पुसपछि मर्जरमा नजाने संस्थालाई छुट र सुविधा दिनबाट राष्ट्र बैंक पछि हट्ने संकेत गरिसकेको छ। राष्ट्र बैंकले मर्जरको नीति ल्याएपछि २४१ वटा वित्तीय संस्था मर्जरमा गइसकेका छन्। २४१ वटा संस्था मर्जर तथा एक्विजेशनबाट ६४ वटा झरेको छ। राष्ट्र बैंकले १७७ वटा संस्थाको इजाजत मर्जर तथा एक्विजेशनले खारेज गरिसकेको छ। 


प्रकाशित : बुधबार, पुस २० २०७९०३:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend