बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सेयर बजारमा झिनो अंकको गिरावट

मंगलबार, पुस १९ २०७९
सेयर बजारमा झिनो अंकको गिरावट

मंगलबार ८२ लाख २२ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो।

काठमाडौं- मंगलबार नेप्से परिसूचन सामान्य अंकले घटेको छ। सोमबार १७ अंकले बढेको नेप्से मंगलबार भने ३ अंकले घटेको हो

गएको साता चार दिनकै कारोबारमा समग्रमा १६१.१८ अंकले बढेको सेयर बजारमा यो साता पनि लगातार वृद्धि देखिएको छ। आइतबार १७.२६ अंकको वृद्धिसँगै २०४६.२९ बिन्दुमा पुगेको सेयर बजारमा सोमबार पनि दोहोरो अंककै वृद्धि देखियो। 

सोमबार १७.५६ अंकको वृद्धिसहित बजार २०६३.८३ बिन्दुमा पुगेको छ। १६५ कम्पनीको सेयर मूल्य बढेको बजारमा २ अर्ब ९६ करोड रुपैयाँको कारोबार भएको छ।  

मंगलबार नेप्से ३.०३ अंकले घटेर २०६१.०६ बिन्दुमा राेकिएको छ। मंगलबार ८२ लाख २२ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो। 

गएको साता नयाँ सरकार आएसँगै लगातार दुई दिन उच्च अंकले बढेर एक दिन सामान्य गिरावट देखिएको सेयर बजारमा साताको अन्तिम कारोबारमा पनि हरियाली छाएको थियो। पुँजी बजारमा देखिएको गिरावटलाई सम्बोधन गर्नेगरी काम गर्ने सरकारी घोषणासँगै लगानीकर्ताहरू विश्वस्त देखिँदा सेयर बजारमा सुधार देखिएको विश्लेषकहरू बताउँछन्।

आइतबार र सोमबार बढेको नेप्से मंगलबार भने सामान्य गिरावट आएको छ। यसलाई करेक्सनका रुपमा लिइएको छ।


प्रकाशित : मंगलबार, पुस १९ २०७९०९:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend