बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

उडक्राफ्टले निर्माण गरेका ६ देखि १० करोड मूल्य पर्ने भिल्लाको बिक्री सुरू 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस १९ २०७९
उडक्राफ्टले निर्माण गरेका ६ देखि १० करोड मूल्य पर्ने भिल्लाको बिक्री सुरू 

कम्पनीले कोटेश्वरमा पाँच र नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पछाडि ९ वटा भिल्ला निर्माण गरेको छ। 

कामाडौं-  उडक्राफ्ट प्रालिले काठमाडौंको बानेश्वर र कोटेश्वरमा बनाएका भिल्ला तयार भएका छन्। 

रणनीतिक लोकेशन तथा सुविधासम्पन्न घरको खोजीमा रहेका तर मल्य तिर्न तयार भएकाहरूलाई लक्षित गर्दै अघि बढेको यो परियोजनामा कूल १४ वटा भिल्ला निर्माण भएका छन्। 

कम्पनीले कोटेश्वरमा पाँच र नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पछाडि ९ वटा भिल्ला निर्माण गरेको छ। 

भिल्लाको बिक्री सुरु भइसकेको छ। कोटेश्वरमा निर्माण भएकामध्ये एउटामात्र बाँकी छ भने चारवटा बिक्री भइसकेका छन्। बानेश्वरका लागि भने बुकिङ खुलेको कम्पनीले जानकारी दिएको छ। 

फराकिलो क्षेत्रफल, गुणस्तरीय निर्माण सामग्री तथा आधुनिक डेकोर अवधारणमा तयार भएका भिल्लाको न्यूनतम मूल्य ६ करोड ५० लाख रुपैयाँ रहेको छ। क्षेत्रफल हेरि भिल्लाको मूल्य तय भएको कम्पनीले जानकारी दिएको छ। 

कम्पनीका अनुसार ६ आना क्षेत्रफलमा निर्माण भएको घरको मूल्य साढे ६ करोड रुपैयाँ छ भने ११ आनामा निर्माण भएकाको मूल्य १० करोड रुपैयाँ रहेको छ। 

 


प्रकाशित : मंगलबार, पुस १९ २०७९०६:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend