शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

यी विद्युतीय कार जो २०२३ मा नेपाली बजारमा आउने छन्

images
मंगलबार, पुस १९ २०७९
images
यी विद्युतीय कार जो २०२३ मा नेपाली बजारमा आउने छन्

विभिन्न ब्रान्डका विद्युतीय कार भारतीय बजारमा सार्वजनिक हुने क्रममा रहेकाले यो वर्ष करिब एक दर्जन मोडलका विद्युतीय कार नेपाली बजारमा आउने छन्।

images
images

काठमाडौं- विद्युतीय सवारीको माग बढेसँगै संसारभरका परम्परागत कार उत्पादकले समेत विद्युतीय कार उत्पादनलाई प्राथमिकता दिन थालेका छन्। कम्पनीहरुले नयाँ नयाँ मोडलका उच्च रेन्ज दिने विद्युतीय कार उत्पादन गरिरहेका छन्। नयाँ मोडलहरु ल्याउने क्रमसमेत उल्लेख्य रुपमा बढेको छ। 

images
images
images

नेपाली बजारमा पनि विद्युतीय कार किन्ने उपभोक्ताको संख्या बढ्दै गइरहेको छ। सरकारले विद्युतीय सवारीको आयातमा कर सहुलियत दिएकाले पनि पेट्रोलियम कारको तुलनामा विद्युतीय कार सस्तो मूल्यमा पाइने गरेको छ। संसारभर विद्युतीय कारको प्रविधि नै महँगो भएकाले पेट्रोलियम कारको तुलनामा विद्युतीय महँगोमा बिक्री हुँदै आएको छ। तर नेपालमा भने पेट्रोलियम कारय यति धेरै कार लगाइएको छ र विद्युतीय कारमा कर सहुलियत दिएकाले विद्यूतीय कार नै सस्तो मूल्यमा बिक्री हुँदै आएको छ। 

images
images

यसका बाबजुत नेपाली बजारमा सीमित ब्रान्डका सीमित मोडलका विद्युतीय कारमात्र बिक्री हुँदै आएको छ। नेपाली बजारमा टाटाको नेक्सन ईभी र टिगोर ईभी, हुन्डाईको कोना ईभी र आयोनिक फाइभ, निटा भी, एमजीको जेडएस ईभी, टेस्लाको मोडल थ्री र मोडल वाई तथा अन्य चिनियाँ ब्रान्डका विद्युतीय कार बिक्री भइरहेको छ। 

images
images

विभिन्न ब्रान्डका विद्युतीय कार भारतीय बजारमा सार्वजनिक हुने क्रममा रहेकाले यो वर्ष करिब एक दर्जन मोडलका विद्युतीय कार नेपाली बजारमा आउने छन्। भारत तथा चीनका साथै तेस्रो मुलुकमा निर्मित विद्युतीय कार नेपाली उपभोक्ताको रोजाइमा पर्ने गरेको छ।

वर्ष २०२३ मा नेपाली बजारमा टाटाको टियागो ईभी, पन्च ईभी र अल्ट्रोज ईभी आउने छन्। तुलनात्मक रुपमा सस्तो मूल्यमा आउने टियागो ईभी भारतमा सार्वजनिक भइसकेको र यही महिनादेखि उपभोक्तालाई डेलिभरी गर्ने टाटा मोटर्सले जनाएको छ। यो कारको पर्खाइमा धेरै नेपाली उपभोक्ता पनि रहेका छन्। 

भारतमा औपचारिक रुपमा बिक्री सुरु भएको एकदेखि २ महिनाभित्र टियागो ईभी नेपाली बजारमा आउने छ। त्यस्तै टाटाले भारतमा यही वर्ष पन्च ईभी र अल्ट्रोज ईभी बिक्रीका लागि नै सार्वजनिक गर्ने घोषणा गरेकाले यी दुवै विद्युतीय कार नेपाली बजारमा आउने निश्चित जस्तै छ। हाल टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटाका नेक्सन ईभी र टियोर ईभी बिक्री गर्दै आएको छ। नेक्सन ईभी हाल नेपालको सर्वाधिक बिक्री हुने विद्युतीय कार हो। 

त्यस्तै महिन्द्राले पनि भारतमा विद्युतीय कार उत्पादनमा आक्रामक हुने घोषणा गरिसकेको छ। त्यही अनुरुप कम्पनीले २०२३ मा ३/४ वटासम्म नयाँ विद्युतीय कार सार्वजनिक गर्ने उल्लेख गरेको छ। महिन्द्राले एक्सयूभी ४०० को विद्युतीय भर्सन जनवरी महिनामै सार्वजनिक गर्ने बताएको छ। उक्त कार भारतमा सार्वजनिक भएलगत्तै नेपाली बजारमा समेत आउनेछ। 

एमजीले भारतमा एयर ईभी सार्वजनिक गर्दै छ। अटो एक्सपो २०२३ मा एजी एयर ईभी सार्वजनिक हुँदै छ। अटो एक्सपो २०२३ जनवरी ११ देखि सुरु हुनेछ। सानो आकारको दुई ढोके ४ सिट क्षमताको यो विद्युतीय कार सहरी यात्राका लागि उपयोगी हुने बताइएको छ। एजीको जेडएस ईभी नयाँ भर्सन समेत नेपाल आउने क्रममा रहेको छ। 

फ्रेन्च कार उत्पादक कम्पनी सिट्रोनले भारतमा सी थ्री ह्याचब्याक कारको विद्युतीय भर्सन सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको छ। भारतीय बजारका लागि कम्पनीको पहिलो विद्युतीय एसयूभी जनवरीको मध्यतिर सार्वजनिक हुनेछ। 

तुलनात्मक रुपमा सस्तो मूल्यमा आउने दाबी गरिएको यो विद्युतीय कार नेपाली बजारमा पनि आउनेछ। भारतमा सार्वजनिक भएको केही समयभित्रै सिट्रोन ईसी थ्री कार नेपाल आउने आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले जनाएको छ। 

यसका साथै सिजी मोटरले बिक्री गर्दै आएको निटा भीका साथै निटाका अन्य मोडल नेपाल ल्याउने तयारी भइरहेको जनाको छ। सीजी मोटरले नै ल्याउने तय भएको ह्वाजीका मिनि विद्युतीय कार नेपाल तर्फ हिँडिसकेकाले अबको केही दिनमै सो कार आइपुग्ने छ। त्यस्तै २०२३ मा स्कोडा, जिपलगायत ब्रान्डका विद्युतीय कार नेपाल आउन सक्ने छन्। फक्सवागनको विद्युतीय कार पिन नेपाल ल्याउने प्रयास भइरहे पनि कम्पनीले स्वीकृति दिएको छैन। यसमा थप प्रयास हुने आयातकर्ताले जनाएको छ। अन्य विभिन्न चिनियाँ तथा तेस्रो देशका ब्रान्डको विद्युतीय कार नेपाली बजारमा अउने अनुमान गरिएको छ। 


प्रकाशित : मंगलबार, पुस १९ २०७९०४:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend