बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नबिल बैंकको सेयर मूल्यलाई उछिन्दै एनआईसी एसिया बन्याे दाेस्राे बजारमा सबैभन्दा महँगो

मंगलबार, पुस १९ २०७९
नबिल बैंकको सेयर मूल्यलाई उछिन्दै एनआईसी एसिया बन्याे दाेस्राे बजारमा सबैभन्दा महँगो

काठमाडौं- सेयर मूल्य समायोजनसँगै पहिलो पटक नबिललाई उछिन्दै दोस्रो बजारमा एनआईसी एसियाको सेयर मूल्य महँगो भएको छ। लाभांश नदिए पनि एनआईसी एसियाको सेयर मूल्य लगातार बढिरहेको छ।

नबिलको सेयर सोमबार ७३९ रुपैयाँमा कारोबार हुँदा एनआइसी एसियाको सेयर ७६५ रुपैयाँमा कारोबार भएको छ। सोमबार नबिलको सेयर मूल्य प्रतिकित्ता १७.९० रुपैयाँले बढ्दा एनआईसी एसियाको प्रतिकित्ता २७ रुपैयाँले बढेको छ। 

नबिल बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरेको थियो। बैंकले आव २०७८/७९ को नाफाबाट वितरण गर्ने १८.५ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो। नेप्सेका अनुसार समायोजनपछि बैंकको नयाँ सेयरमूल्य ७२१.१० रुपैयाँ कायम भएको थियो। 

प्रतिकित्ता १७.९० रुपैयाँले बढेर ७३९ रुपैयाँ भएको छ। कम्पनीको २ लाख २७ हजार ६३० कित्ता कारोबार हुँदा १६ करोड ८४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। नबिलको सोमबार सबैभन्दा बढी कारोबार भएको छ।

nabil 111.JPG

बैंकले आव २०७८/८९ को मुनाफाबाट १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। प्रस्तावित लाभांश पारित गर्न बैंकले पुस २९ गते वार्षिक साधारणसभा बोलाएको छ।

यता एनआईसीले लगानीकर्तालाई लगातार दोस्रो वर्षपनि लाभांश नदिने निर्णय गरिसकेको छ। एनआईसी एसियाको सोमबार १ लाख ४६ हजार कित्ता कारोबार हुँदा ११ करोड १५ लाख रुपैयाँको सेयर किनबेच भएको छ। 

एनआईसी एसियाको बजार पुँजीकरण ८८ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ। भने नबिलको बजार पुँजीकरण १ खर्ब ९९ अर्ब रुपैयाँ रहेको छ। नबिलको चुक्ता पुँजी २७ अर्ब पुगेको छ। भने एनआईसी एसियाले ११ अर्ब ५६ करोड रुपैयाँ रहेको छ। 

nic.png

नेपाल बंगलादेश बैंकलाई एक्वाएर गरेको नबिल बैंकले वितरणयोग्य कोषमा उल्लेख्य सुधार गरेता पनि सेयर मूल्य भने बढ्न सकेको छैन। कुनै समय १७४० रुपैयाँसम्म पुगेको छ। 

बैंकको चालु आर्थिक वर्षको पहिलो तीन महिनामा  खुद नाफा ४१‍३ प्रतिशतले बढेर १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। गत वर्षको यसै अवधिमा यसले १ अर्ब ११ करोड २२ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो।

यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ। बैंकको खुद ब्याज आम्दानी ६४‍‍.०५ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। गत वर्ष बैंकले २ अर्ब २४ करोड रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो। 
 
सञ्चालन नाफा ४०‍.३८ प्रतिशतले बढेर २ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी भने ५.१ रुपैयाँले घटेर २७.०१ रुपैयाँमा झरेको छ। गत वर्ष यसको प्रतिसेयर आम्दानी ३२.११ रुपैयाँ रहेको थियो। यसको प्रतिसेयर नेटवर्थ २३३.२८ रुपैयाँ रहेको छ।

यता एनआईसी एसिया बैंकको बैंकको वितरणयोग्य नाफा २ अर्ब २४ करोडभन्दा बढी रहेको छ। एनआईसी एसिया बैंकले लाभांश क्षमता १९‍.३७ प्रतिशत रहेको छ।

एनआईसी एसिया बैंकले पहिलो ३ महिनामै १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ। जुन वार्षिक बिन्दुगत आधारमा ४९ प्रतिशतले बढी हो। गत वर्ष १ अर्ब १८ करोड रुपैयाँ नाफा गरेको थियो। 

बैंकले पहिलो त्रैमासमा ३ खर्ब ८ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७३ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको स्व–पूँजीमा प्रतिफल २६.५५ प्रतिशत र वार्षिक प्रतिसेयर आम्दानी ५९.६२ रुपैयाँ छ।


प्रकाशित : मंगलबार, पुस १९ २०७९०२:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend