बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सस्तो मूल्यमा आएपछि नबिल बैंकको सेयर खरिदमा लगानीकर्ता झुम्मिए, कतिसम्म पुग्ला?

सोमबार, पुस १८ २०७९
सस्तो मूल्यमा आएपछि नबिल बैंकको सेयर खरिदमा लगानीकर्ता झुम्मिए, कतिसम्म पुग्ला?

काठमाडौं- नबिल बैंकको सेयरमूल्य समायोजन भएपछिको कारोबारमा लगानीकर्ता झुम्मिएका छन्। बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरेको थियो।

nabil 111.JPG

बैंकले आव २०७८/७९ को नाफाबाट वितरण गर्ने १८.५ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो। नेप्सेका अनुसार समायोजनपछि बैंकको नयाँ सेयरमूल्य ७२१.१० रुपैयाँ कायम भएको थियो। सोमबार खुलेको कारोबारमा लगानीकर्ता झुम्मिएका छन्।

प्रतिकित्ता १७.९० रुपैयाँले बढेर ७३९ रुपैयाँ भएको छ। कम्पनीको २ लाख २७ हजार ६३० कित्ता कारोबार हुँदा १६ करोड ८४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। नबिलको सोमबार सबैभन्दा बढी कारोबार भएको छ।

बैंकले आव २०७८/८९ को मुनाफाबाट १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। प्रस्तावित लाभांश पारित गर्न बैंकले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ।


प्रकाशित : सोमबार, पुस १८ २०७९०९:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend