आइतबार, वैशाख २३ गते २०८१    
images
images

सस्तो मूल्यमा आएपछि नबिल बैंकको सेयर खरिदमा लगानीकर्ता झुम्मिए, कतिसम्म पुग्ला?

images
images
images
सस्तो मूल्यमा आएपछि नबिल बैंकको सेयर खरिदमा लगानीकर्ता झुम्मिए, कतिसम्म पुग्ला?
images
images

काठमाडौं- नबिल बैंकको सेयरमूल्य समायोजन भएपछिको कारोबारमा लगानीकर्ता झुम्मिएका छन्। बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरेको थियो।

images
images
images
nabil 111.JPG

बैंकले आव २०७८/७९ को नाफाबाट वितरण गर्ने १८.५ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो। नेप्सेका अनुसार समायोजनपछि बैंकको नयाँ सेयरमूल्य ७२१.१० रुपैयाँ कायम भएको थियो। सोमबार खुलेको कारोबारमा लगानीकर्ता झुम्मिएका छन्।

images

प्रतिकित्ता १७.९० रुपैयाँले बढेर ७३९ रुपैयाँ भएको छ। कम्पनीको २ लाख २७ हजार ६३० कित्ता कारोबार हुँदा १६ करोड ८४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। नबिलको सोमबार सबैभन्दा बढी कारोबार भएको छ।

images

बैंकले आव २०७८/८९ को मुनाफाबाट १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। प्रस्तावित लाभांश पारित गर्न बैंकले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ।

images
images

images

प्रकाशित : सोमबार, पुस १८ २०७९०९:३९

प्रतिक्रिया दिनुहोस